२५ पुस २०८२ शुक्रबार
image/svg+xml
स्वास्थ्य

क्यान्सरपीडित ७५ प्रतिशत बालबालिका अस्पतालको पहुँच बाहिर, बर्सेनि थपिँदै १५ सय संक्रमित

पछिल्लो समय बढ्दो संक्रमणका कारण नेपालमा क्यान्सरपीडित बालबालिकाको संख्या भयावह हुँदै गएको पाइएको छ । नेपालमा हरेक वर्ष १ हजार ५ सय बालबालिकामा नयाँ क्यान्सर पहिचान हुने गरेको तथ्यांक सार्वजनिक भएको छ ।

क्यान्सर भएकामध्ये ७५ प्रतिशत बालबालिका अस्पतालको पहुँचभन्दा बाहिरै हुने गरेको पाइएको छ । क्यान्सरपीडितमध्ये २५ प्रतिशत बालालिकामात्रै अस्पताल पुग्नु चिन्ताको विषय भएको बाल क्यान्सर रोग बिशेषज्ञहरु बताउँछन् । विपी कोइराला मेमोरियल अस्पतालका बाल क्याक्सर रोग बिशेषज्ञ डा. कृष्ण सागर शर्माले बाल क्यान्सरमा आवश्यक बोनम्यारो प्रत्यारोपण र बाल क्यान्सर काटिसेल प्रत्यारोपण उपचार बाहेक बाँकी सबै नेपालमै उपचार हुने गरेको बताए ।

ढिला पहिचान, उपचारमा एकरुपता, औषधिको सहज पहुँच, परीक्षणमा सहज पहुँच, नागरिक र स्थानीय स्वास्थ्यकर्मीमा जनचेतनाको कमीलगायत विषय अहिले पनि बाल क्यान्सर उपचारको लागि चुनौती बनेको चिकित्सकहरुले औल्याए । क्यान्सर लागेका बालबालिका मात्र नभएर परिवारसमेत प्रभावित हुने भएकोले नेपाल सरकारले बाल क्यान्सर उपचारमा एकरुपता, समयमै पहिचान, औषधिको उपलब्धता विशिष्ट अस्पतालको स्थापनाको कमी मुख्य चुनौती रहेको उनीहरुले औल्याएका छन् । ‘सरकारले चौध वर्षमुनिका बालबालिकाका लागि निःशुल्क उपचार गरेर मात्र हुँदैन, आवश्यक आर्थिक, मानसिक हेरचाहको लागि यस्तो अभियान चाहिन्छ’ डा.सुचारिका तुलाधरले भनिन् । उनले बाल क्यान्सरमा सम्पुर्णता मान्यताको आवश्यक रहेको सुझाइन ।

बाल क्यान्सर रोग बिशेषज्ञ डा.सानी सिपाइले बाल क्यान्सरमा छिटो पहिचानको उपचारले मात्र राम्रो परिणाम आउने बताइन । ‘यसका लागि स्थानीय स्वास्थ्यकर्मीलाई बाल क्यान्सर रोगको बारेमा न्युनतम तालिम दिनु पर्ने देखिन्छ,’उनले भनिन् ।

नेपालमा अहिले १७ सय जना बालबालिकामा क्यान्सर रहेको सरकारी तथ्याङ्क छ ।

प्रकाशित: ५ फाल्गुन २०८१ १३:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App