१८ मंसिर २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

समुदायद्वारा सञ्चालित तेजरत्न आँखा उपचार केन्द्रलाई २० लाख सहयोग

सङ्खुवासभा सदरमुकाम खाँदबारीमा समुदायद्वारा सञ्चालित तेजरत्न आँखा उपचार केन्द्रलाई स्थानीय मनोजकुमार श्रेष्ठका परिवारले  २० लाख प्रदान गरेका छन्। बुधबार एक कार्यक्रमकाबीच श्रेष्ठले आँखा उपचार केन्द्रलाई २० लाखको चेक हस्तान्तरण गरेका हुन। उनीहरुले उक्त रकम गरीब, असहाय, दलित र विपन्नको उपचारमा खर्च गर्ने गरी प्रदान गरेका हुन।

नेपाल नेत्र ज्योति सङ्घ सङ्खुवासभाका अध्यक्ष अनन्तकुमार गौलीले दाताबाट प्राप्त रकम अक्षयकोषका रुपमा राखिने र त्यहाँबाट प्राप्त ब्याजले उपचार गर्न नसक्ने आँखा रोगीहरुको उपचार गरिने बताए। यसअघि श्रेष्ठका पाँच दाजुभाईले दिवंगत बुवाआमा तेजबहादुर र रत्नकुमारी श्रेष्ठका नाममा तेजरत्न आँखा अस्पताल निर्माण गर्न ५० लाख नगद र छ रोपनी जग्गा निशुल्क दान गरेका थिए।

तेजरत्न आँखा उपचार केन्द्रमा वार्षिक चार हजार आँखाका रोगी उपचारका लागि आउने गर्छन्। वार्षिक ६ सय बढीको मोतियाबिन्दुको निशुल्क शल्यक्रिया गर्ने गरेको आँखा उपचार केन्द्रले जनाएको छ। केन्द्रले कानको समेत उपचार सेवा दिँदै आएको छ।  

प्रकाशित: २२ कार्तिक २०८१ १५:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App