२५ कार्तिक २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

२४ सार्वजनिक बिदामा अस्पतालहरूले बहिरंग सेवा दिनुपर्ने

सरकारी अस्पतालहरूले थप चौबीसवटा सार्वजनिक बिदामा बहिरंग सेवा प्रदान गर्नुपर्ने भएको छ। हालै मन्त्रिपरिषद्ले निर्देशन दिएपछि थप चौबिस दिन सरकारी अस्पतालमा काम गर्ने चिकित्सकहरूले सेवा प्रदान गर्नुपर्ने भएको हो।

आइतबारको मन्त्रिपरिषद् बैठकले पूर्व राजपत्रमा अंकित निर्णयलाई लागू गर्न निर्णय गरेको हो। मन्त्रिपरिषद्को निर्णयलगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नामातहतका अस्पतालहरूलाई लागू गर्नका लागि निर्देशन दिइसकेको छ।

नेपालमा पछिल्लो समय विभिन्न कारणवश सार्वजनिक बिदा थपिँदै गएर अत्यावश्यक सेवा प्रभावित भएपछि सरकारलाई जनताका तर्फबाट खोल्न दबाब दिएको थियो।

दबाबपछि सरकारले २०८० साल पुुस १२ गते मन्त्रिपरिषद्ले विभिन्न २४ वटा सार्वजनिक बिदामा बहिरंग खोल्न सकिने गरी निर्णय गरेको थियो। निर्णयलगत्तै २०८० चैत १५ मा राजपत्रमा प्रकाशित भएको थियो। सोही प्रकाशित निर्णयलाई वर्तमान मन्त्रिपरिषद्ले कार्यान्वयन गर्न निर्देशन दिएको हो।  

प्रकाशित: २० भाद्र २०८१ ०८:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App