१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

नेपालगन्ज मेडिकल कलेजमा पहिलो पटक बिरामीलाई अर्ध बेहाेस बनाएर अप्रेसन

नेपालगन्ज मेडिकल कलेजमा पहिलो पटक बिरामीलाई अर्ध बेहाेस बनाएर सफल अप्रेसन गरिएको छ।

नेपालगन्ज–११ की रेखा कश्यप र सुर्खेत वीरेन्द्रनगर–१ कि दिपा गौतमको सफल अप्रेसन गरिएको नेपालगन्ज मेडिकल कलेजले जानकारी दिएको छ।

उक्त अप्रेसनमा शल्यक्रिया न्युरोसर्जरी विभागका डा. मनीषा कोलाक्षपति, डा. नीरज घिमिरे, डा. सुबोध गौतम, डा. उपमा शर्मा र एनेस्थेसिया डा. नवीनकुमार रेग्मी, डा. कपिल पोखरेल लगायतको टोली सहभागी थियो। अवेक क्रेनियोटोमी गरी ब्रेन ट्युमरको सफल शल्यक्रिया पश्चिम नेपालमा पहिलो पटक भएको अस्पतालले दाबी गरेको छ। अवेक क्रेनियोटोमी ब्रेन ट्युमर शल्यक्रिया भनेको बिरामीलाई अर्धचेत अवस्थामा राखी मस्तिष्कमा भएको ट्युमर निकाल्ने एक प्रकार को शल्यक्रिया हो।

शल्यक्रियाको दौरान बिरामीलाई हात खुट्टा चलाउन लगाउँदै, आँखा देख्ने नदेख्ने हेर्न लगाउँदै र पुराना कुरा हरु सोध्दै शल्यक्रिया गर्ने गरिन्छ। यो शल्यक्रियामा एनेस्थेसियोलोजिस्टद्वारा बिरामीलाई यस्तो प्रकारको एनेस्थेसिया (औषधि) दिइन्छ, जसले गर्दा बिरामीलाई शल्यक्रियाका दौरान कुनै किसिमकोको डर र दुखाइ महसुस हुँदैन।

रेखा कश्यपलाई हात खुट्टाको मोमेन्, बोली, र स्मरणशक्ति बचाउनको लागि मस्तिष्कमा भएको ट्युमरको सफल शल्यक्रिया गरिएको थियो। दीपा गौतमलाई भने हात खुट्टाको मोमेन्ट र आँखाको दृष्टि जोगाउनको लागि दोस्रो अवेक क्रेनियोटोमी गरी ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ। हाल दुवै बिरामीलाई डिस्चार्ज गरी घर पठाइएको छ।

जटिल खालका उपचारमा यो पश्चिम नेपालकै एउटा उपलब्धि भएको नेपालगन्ज मेडिकल कलेजका सञ्चालक सुरेश कनौडियाले बताए।

प्रकाशित: ५ चैत्र २०८० १८:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App