८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

धूमपानले गर्भपातको खतरा

यस्तो पनि !

त्यसै पनि धूमपान हानिकारक हुँदै हो, त्यसमाथि गर्भवती महिलाले धूमपान गर्नु गर्भमा रहेका सन्तानका लागि घात हुने अध्ययनले देखाएको छ । गर्भवती महिलाका लागि पछिल्लो समय चिया, कफी र धूमपानमध्ये कुन बढी हानिकारक हुन्छ भन्ने विषयमा बेलायती स्वास्थ्य संस्था नेसनल हेल्थ सर्भिस (एनएचएस)ले गरेको थियो । त्यसमा दिनमा दुई कपभन्दा बढी चिया अथवा कफी नलिँदा उत्तम हुने चिकित्सकहरूको राय थियो । तर यदि कसैले चुरोट पिउँछ भने तुरुन्त त्याग्नुपर्ने सुझाव चिकित्सकको छ ।  

ठूलो मात्रामा धूमपानले गर्भमा क्लिष्टता जन्माउने, समयअगावै बच्चा जन्मने जस्ता समस्या देखिनुका साथै भ्रूण विकासमा बाधासमेत पुर्याउने देखिएको छ । यो समस्या अत्यधिक मात्रामा क्याफिनको उपयोग हुने चिया तथा कफीमा पनि देखिएको छ ।

क्याम्ब्रिज एकेडेमिक्सले गरेको अध्ययनमा बढी क्याफिन लिने गर्भवतीहरूका सन्तानको आकार सानो हुने र समयअगावै सन्तान जन्मने खतरा रहेको देखिएको हो । अत्यधिक चुरोट पिउने गर्भवती तथा नपिउने गर्भवती महिलाबीच तुलना गर्दा चुरोट पिउने गर्भवतीमा गर्भसम्बन्धी क्लिष्टता तीन गुणा बढ्ने देखिएको हो । यसअघिको अध्ययनमा यस्तो क्लिष्टता दुई गुणा मात्र अनुमान गरिएको थियो ।  

चुरोट पिउने महिलाका बालबालिका जन्मँदा चार गुणा बढी साना देखिएका छन् । तिनमा श्वासप्रश्वासका समस्यासँगै चाँडै नै संक्रमण भइहाल्ने समस्या देखिएको अध्ययन प्रतिवेदनमा जनाइएको छ ।  

युनिभर्सिटी अफ क्याम्ब्रिजमा डिपार्टमेन्ट अफ अब्स्टेट्रिक्सका प्राध्यापक तथा यस अध्ययनका प्रमुख प्रा. गोर्डन स्मिथ भन्छन्, ‘लामो समयदेखि नै हामीलाई धूमपान शिशु तथा गर्भे सन्तानका लागि खतरनाक छ भन्ने थाहा त थियो तर यति धेरै खतरनाक हुन्छ भन्ने थाहा थिएन । धूमपान गर्ने स्त्रीका गर्भ ढिला हुर्कने र चाँडै जन्मने अध्ययनले देखायो ।’

चुरोट पिउन हुँदैन त्यसैले अब चिया, कफी पिउनु प¥यो भनेर सोच्नसमेत नहुने प्रा. स्मिथ बताउँछन् । उनी भन्छन्, ‘धेरै कफी पिउनु क्याफिनको मात्रा बढी हुनु हो र यसले गर्भलाई हानि पु¥याउँछ । त्यसैले कम खानु नै बुद्धिमानी हुनु हो ।’

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: १८ आश्विन २०८० ०४:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App