२४ मंसिर २०८२ बुधबार
image/svg+xml
शिक्षा

जेन-जी आन्दोलनका कारण विराटनगरमा दुई दिन विद्यालय बिदा

जेनजी आन्दोलनका कारण विराटनगर महानगरपालिका क्षेत्रभित्रका सबै विद्यालय र कलेजहरु बिदा गरिएको छ । आन्दोलनका कारण मंगलबार र बुधबार विद्यालय र कलेजहरु बिदा गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । सोमबार भएको प्रदर्शनमा विद्यार्थी स्कुल र कलेज पोशाकमै सहभागी भएका थिए ।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सरोकारवालाहरुको बैठकबाट भोलि र पर्सी  सम्पूर्ण शैक्षिक संस्था बिदा दिने निर्णय गरेको जानकारी दिए ।  

‘विराटनगरमा सरोकारवालाहरुले शैक्षिक संस्थाहरु विदा गर्ने निर्णय गरेको जानकारी आएको उनले बताए ।  

जेनजीको आन्दोलन उग्र बनेपछि प्याब्सन र हिसानले विद्यालय बन्दका लागि स्थानीय प्रशासनसँग पहल गरेका थिए । प्याब्सनका केन्द्रीय सल्लाहकार टीकाराम पुरीका अनुसार मंगलबार र बुधबार २ दिन विराटनगरमा विद्यालय विदा दिने हुनेछ ।

यता, विराटनगर महानगरपालिकाले पनि सूचना जारी गर्दै वर्तमान परिस्थितिका कारण मंगलबार एक दिनका लागि सम्पूर्ण महानगरपालिकाभित्रका शैक्षिक संस्था विदा दिएको जनाएको छ ।

प्रकाशित: २३ भाद्र २०८२ १९:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App