१३ आश्विन २०८१ आइतबार
image/svg+xml
शिक्षा

विद्यालयकाे पुस्तक एक महिनाभित्र विद्यार्थीहरुको हातहातमा पुर्‍याउन सरकारलाई निर्देशन

संसदीय समितिले विद्यालय तहको पाठ्यपुस्तकको बाँकी छपाई एक महिना गरी सम्पन्न गरी विद्यार्थीहरुको हातहातमा पुर्‍याउन सरकारलाई निर्देशन दिएको छ।

प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको बुधबारको बैठकले विद्यालय तहको पाठ्यपुस्तकको बाँकि छपाई एक महिना भित्र छपाई सम्पन्न गरी विद्यार्थीहरुको हातहातमा पुर्‍याउने व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई निर्देशन दिएको हो। छापिएको पुस्तक पनि तत्काल विद्यार्थीहरुलाई वितरण गर्ने व्यवस्था मिलाउन पनि सरकारलाई निर्देश गरिएको समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिए। 

समितिले ३५ लाख बाँकि पुस्तक छपाईको काम छिटो सम्पन्न गर्न अन्य प्रेसमा पनि काम गर्न जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई सचेत गराएको छ। सभापति घर्तीले भने, ‘तत्काल जो जति छापिएको छ। छापिएकोलाई तुरुन्त पुर्‍याउनु पर्‍यो। जति छापिएको छैन। त्यसलाई तुरुन्तै छाप्नका लागि जसले जिम्मा लिएको छ। उसले अरु प्रेसहरुलाई पनि दिएर तुरुन्तै एक महिना भित्र विद्यार्थीहरुको हातमा पुस्तक पुर्‍याउनका लागि समिति सरकारलाई निर्देशन दिन चाहन्छ।’

समितिले विद्यालय तहको पाठ्यपुस्तक समयमै विद्यार्थीहरुको हातमा पुग्न नसक्ने समस्याको दीर्घकालीन समाधानका लागि छपाईको काम प्रदेश सरकार र वितरणको काम स्थानीय तहलाई जिम्मा दिने व्यवस्था मिलाउन पनि सरकारलाई भनेको छ। 

सरकारी विद्यालयहरुमा पाठ्यपुस्तकको अभाव विगतदेखि हुँदै आएकाले यसको समाधानका लागि प्रदेश सरकारलाई छपाईको र सम्बन्धित स्थानीय तहलाई वितरणको व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराइएको समितिकी सभापति घर्तीले बताए।

त्यस अवसरमा सभापति घर्तीले पाठ्यपुस्तक समेत समयमा पुग्न नसकेको कारण सरकारी विद्यालयहरुनै नरहने अवस्था आउने हो कि भन्ने चिन्ता छाएकोतर्फ सरकारको गम्भिर ध्यानाकर्षण गराए।

प्रकाशित: ११ जेष्ठ २०७९ ०९:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App