२ वैशाख २०८२ मंगलबार
image/svg+xml १७:५५ अपराह्न
शिक्षा

कृषि विश्वविद्यालयमा डीन नियुक्त

कृषि तथा वन विज्ञान विश्वविद्यालय कार्यकारी परिषद्ले तीन जना डीन र एक जना निर्देशक नियुक्त गरेको छ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. शारदा थपलियाका अनुसार कृषि सङ्कायमा अर्जुनकुमार श्रेष्ठ, भेटेनेरी सङ्कायमा प्रा.डा. भूमिनन्द देवकोटा र वन सङ्कायमा प्रा वासुदेव पोखरेल नियुक्त भएका हुन्। परिषद्ले प्रा.डा. निराजन भट्टराईलाई अनुसन्धान निर्देशकको रूपमा नियुक्त गरेको छ।

विश्वविद्यालयमा १० जना निर्देशकको दरबन्दी रहेको छ।

प्रकाशित: १० माघ २०८१ १२:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App