आज (मंगलबार) बिहान मोरङको बुढीगंगा गाउँपालिका–३ खवास टोलको एक घरमा आगलागी हुँदा २१ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
बलराम चौधरीको काठको बेरा र जस्तापाताको छानो भएको दुई तले घरमा मंगलबार बिहानका अढाइ बजेतिर आगलागी नियन्त्रणमा आएको मोरङ प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आगोले घरसहित घरभित्र रहेका सबै सामान जलेर नष्ट भएको छ। घटनामा २१ लाख रुपैयाँ बराबरको क्षति भएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको र आगलागीको कारण खुल्न नसकेको प्रहरीले बताएको छ।
प्रकाशित: २ वैशाख २०८२ १४:०८ मंगलबार





