६ मंसिर २०८१ बिहीबार
image/svg+xml

सानोठिमीका कार्यालयमा शिक्षामन्त्रीको ‘आकस्मिक निरीक्षण’

बिहीबार विशेष शिक्षा परिषद्को बैठकका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी पुगेका मौकामा सानोठिमीमै रहेका अन्य कार्यालयमा आकस्मिक निरीक्षण गरेको शिक्षामन्त्री भट्टराईको सचिवालयले जनाएको छ ।

स्वर्गीय शिक्षासेवी शर्माको भोलि अन्त्येष्टि गरिने

उनको शनिबार बिहान ९ बजे पशपुति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।

अब घरायसी कामबाट पनि विद्यार्थीलाई अंक

बालबालिकाले घरमा अभिभावकसँगै काम गर्दा सिकाइस्तरमा वृद्धि भई चौतर्फी विकासमा सकारात्मक प्रभाव पर्ने विभिन्न अध्ययनले देखाएका छन्।

‘शिक्षा क्षेत्रको सुधारमा लागेको छु’:अध्यक्ष मियाँ

सुनसरीको भोक्राहा–नरसिंह गाउँपालिकामा पछिल्लो दुई वर्षयता भएका समग्र विकास निर्माणबारे गाउँपालिका अध्यक्ष अजमल अख्तर मियाँसँग नागरिक संवाददाता अमर खड्काले गरेको कुराकानीको सारसंक्षेपः

शिक्षा दिवस: सरकारले घोषणा गर्‍यो पदक र पुरस्कार

शिक्षा दिवसको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको उत्कृष्ट क्याम्पस,विद्यालय, विद्याभूषण, प्रविधि विद्याभूषण तथा छात्रापदक पाउनेको नाम घोषणा गरेको छ । भदौ ३१ गते सोमबार बसेको मन्त्रीस्तरीय बैठकले पदक तथा विभूषणको छनोट गरेको हो ।

गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको प्राथमिकता : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्।

पुस्तकालय ऐन आवश्यक भइसक्यो: शिक्षामन्त्री भट्टराई

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पुस्तकालय ऐन आवश्यक भइसकेको बताएकी छिन् ।

विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री

जुम्लाको चन्दननाथ नगरपालिका- १ मालिका आधारभूत आचार्यबाडामा तीन कक्षामा अध्ययनरत नबिना कुलाल औपचारिक कार्यक्रम चल्दै गर्दा कालो झोला बोकेर मुस्कुराउँछिन्।

दलगत हस्तक्षेप नरोकेसम्म शिक्षामा सुधारको कल्पना गर्न सकिँदैनः शिक्षामन्त्री भट्टराई

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षालाई गुणस्तरीय सुधार गर्न सबैभन्दा पहिले राजनीति दलहरुको प्रतिबद्धता आवश्यक रहेको बताएकी छन्।

बिरामी शिक्षाको औषधि: साना विश्वविद्यालय

हामी अभिभावकले पनि आफ्ना सन्ततिहरूलाई आफ्नो माटोमा होइन, विदेशी माटोमा भविष्य खोजून् र उतै घरजम गरेर बसून् भन्ने सपना बुन्न थाल्यौँ। सबैले यसैमा सफलताको सूचक र जीवनको सार्थकता देख्न थाल्यौँ। यसैको गम्भीर असर आज हाम्रो समाज र देशले भोग्दैछ।

विश्वविद्यालयमा गुण्डागर्दी स्वीकार्य छैनः मन्त्री भट्टराई

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विश्वविद्यालयमा भइरहेको गुण्डागर्दीलाई राजनीतिक संरक्षण नहुने स्पष्ट पारेकी छन्।

‘शिक्षा क्षेत्रलाई व्यवस्थित तथा प्रभावकारी बनाइने’

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रका विद्यमान समस्या समाधान गर्न समग्र शिक्षण तथा मूल्याङ्कन प्रणालीको पुनःसरचना आवश्यक रहेको बताएकी छिन्।

मन्त्रीहरुलाई भेटेर महिला उद्यमीहरुले भने : विद्यार्थीलाई शिपसहितको शिक्षा दिनुहोस्

महिला उद्यमीहरुले विद्यार्थीहरुलाई शिपसहितको शिक्षा उपलब्ध गराउन माग गर्दै सरकारको ध्यानाकर्षण गराएका छन्। सानै उमेरदेखि विभिन्न सिपको जानकारी दिन सके विदेश पलायन हुने नागरिकको संख्यामा कमी ल्याउन सकिने उनीहरुको भनाइ छ।

शिक्षा र सञ्चारलाई प्रविधिसँग जोडनुपर्छ: मन्त्री भट्टराई

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने बताएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्