९ वैशाख २०८२ मंगलबार
image/svg+xml
राजनीति

त्रिवि उपकुलपतिको जिम्मेवारी डा. केसीलाई

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीलाई बढीमा तीन महिनाका लागि जिम्मेवारी दिएका छन्।

पदपूर्ति नभएसम्मका लागि त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा २१ (ख) बमोजिम कुलपति ओलीको गत चैत ३१ गतेको निर्णयानुसार केसीलाई उक्त जिम्मेवारी तोकिएको हो।

विश्वविद्यालयका उपकुलपति प्रा.डा केशरजंग बरालले दिएको राजीनामा गत चैत २८ गते स्वीकृत भएको थियो।

यो पनि पढ्नुहोस्

मेरो योजना के थिए, के भयो र किन मैले आफ्नो पदबाट राजीनामा दिएँ?

प्रकाशित: २ वैशाख २०८२ १६:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App