२२ पुस २०८२ मंगलबार
image/svg+xml
खेल

पावर तेक्वान्दो च्याम्पियनसिपको तयारी पूरा

अल नेपाल स्पोर्ट्स फाउन्डेसनको आयोजना र नेपाल तेक्वान्दो संघसँगको सहकार्यमा दोस्रो पावर तेक्वान्दो च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ।

दोस्रो संस्करणको पावर तेक्वान्दो च्याम्पियनसिप पुस १९ गते शनिबार कलंकीस्थित अम्रेला इभेन्ट्समा आयोजना हुँदै छ।

खेलाडीको वृत्तिविकासमा योगदान पुर्‍याउनुका साथै खेलाडीबीच मित्रता र भाइचारा स्थापित गर्न च्याम्पियनसिप आयोजना गरिएको आयोजक समितिका सचिव नोर्बु लामाले जानकारी दिए।

प्रतियोगितामा जम्मा दुई तौल समूहमा प्रतिस्पर्धा हुनेछ। जसमा आठ पुरुष र आठ महिला गरी १६ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। पुरुषमा सुमित विष्ट, सुजन गुरुङ, हरिश बोहरा, रुमिन राउत, एलेन आले, अभिषेक डल्लाकोटी, अफताब आलम र अम्बिका घिमिरेले प्रतिस्पर्धा गर्नेछन्।

यस्तै महिलामा आरती शाही, ईशा महतो, रक्षा धिमाल, गीता कठायत, जानुका विक, कञ्चन खड्का, बीणा नाथ र पासाङ लामाबीच प्रतिस्पर्धा हुनेछ। उनीहरू हालै सम्पन्न १३औं कोरियन एम्बेसडर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपका स्वर्ण विजेता खेलाडी हुन्।

१३औं कोरियन एम्बेसडर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा पुरुषका ५४ र ५८ केजी तथा महिलामा ४९ र ५३ केजी तौल समूहका स्वर्ण, रजत र कांस्य पदक विजेता खेलाडीलाई च्याम्पियनसिपमा समावेश गरिएको सचिव लामाले बताए।

च्याम्पियनसिपमा सञ्जीवकुमार ओझा, सुरेन्द्र शाही, लालबहादुर बरामु र वीरबहादुर महराले प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन्।

च्याम्पियनसिपमा नेपालका अन्तर्राष्ट्रिय रेफ्रीले निर्णायकको भूमिका निर्वाह गर्नेछन्। प्रतियोगितामा पहिलो हुने खेलाडीले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

यस्तै दोस्रोले ३० हजार र तेस्रो स्थान हासिल गर्ने खेलाडीले जनही १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। प्रतियोगिता आयोजनाका लागि करिब १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको जनाइएको छ।

प्रकाशित: १७ पुस २०८२ ११:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App