नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलव ३४ अङ्कले ओरालो लागेर एक हजार आठ सय ३८ दशमलब ५९ मा सीमित भएको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलव ३४ अङ्कले ओरालो लागेर एक हजार आठ सय ३८ दशमलब ५९ मा सीमित भएको छ।
नेपाल वायुसेवा निगमले दुई वटा विमान खरिद गर्नका लागि योजना अघि बढाउन उपसमिति गठन गरेको छ।
पोखराका पर्यटन व्यावसायीले राष्ट्रबैंक पोखरा कार्यालयमार्फत ज्ञापनपत्र बुुझाउँदै व्यावसायी जोगाउने गरि निर्देशिका ल्याउन र आगामि बजेट पर्यटनमैत्री हुनुपर्ने पनि बताएका छन्।
स्याङ्जाको भीरकोट-८ ओकादीका डिलबहादुर गुरुङले बाख्राको दूधबाट चीज उत्पादन थालेका छन्।
चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा नेपालमा ९ खर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको छ।
प्रतिनिधिसभामा विनियोजन विधेयक २०८० को सिद्धान्त र प्राथमिकताबारेको छलफल सकिएको छ।
साबिकका प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स गाभिएर बनेको हिमालयन लाइफ इन्स्योरेन्सले यही वैशाख २६ गतेबाट औपचारिक रूपमा कारोबार सुरु गरेको छ।
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकालले सपथ ग्रहण गरेका छन्।
अन्नपूर्ण केवलकारले साधारण सेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ। आईपीओ निस्कासनको प्रक्रिया अघि बढाउन बिक्री प्रबन्धकमा क्यापिटललाई नियुक्त गरिएको छ।
नेपाल विज्ञापन संघ आनले सरकारले जारी गर्न लागेको विज्ञापन नीतिको विरोध गरेको छ।
घरेलु तथा साना उद्योग कार्यालय उदयपुरमा चालु वर्षको ९ महिना अवधिमा ३ सय ६५ घरेलु उद्योग व्यवसायिक फर्म थपिएका छन्।
२ वर्ष देखि सुठौली भन्सार कार्यालयमा थन्किएको सवारी साधनहरु लिलामी नहुँदा कवाडी बन्दै गएको छ।
कपिलवस्तुका यशोधरा गाउँपालिका स्थित सुठौली भन्सारमा चालु आर्थिक वर्षको ९ महिनामा वार्षिक लक्ष्यको ३६ प्रतिशत मात्र राजस्व असुली भएको छ। भन्सारमा चालु आर्थिक वर्ष २०७८/०८० को साउन महिना देखि चैत महिना सम्म ७५ करोड १० लाख २५ हजार मात्र राजस्व संकलन भएको हो। भन्सारमा नौ महिनाका लागि १ अर्ब ५६ करोड ४४ लाख १० हजार लक्ष्य दिइएको थियो। जुन नौ महिनाको लक्ष्यको ४८ प्रतिशत मात्र हो।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले उद्योग व्यवसायमा लगानी आकर्षित गर्नको लागि संस्थागत आयकरको दर घटाउन आवश्यक रहेको बताएका छन्।
नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४०० रुपैयाँ बढेको छ।
नेपाल ट्रेड युनियन काँग्रेस ताप्लेजुङको सातौं जिल्ला अधिबेशनले खगेन्द्रकुमार कार्की अध्यक्ष रहेको कार्य समिति सर्वसम्मत चयन गरेको छ।
अमेरिकन चेम्बर अफ कमर्स नेपाल र युएस एड ट्रेड एण्ड कम्पिटिटिभनेस नेपालबीच व्यवसाय विस्तार गर्न सहजीकरणका लागि सहकार्य गर्ने सम्झौता भएको छ।
सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणको तयारी गरिरहेको अवस्थामा नेपाल उद्योग परिसंघले ‘मन्दीदेखि समृद्धि, लगानीमा अभिवृद्धि’ विषयमा केन्द्रित रहेर अर्थमन्त्री डा. प्रकाशशरण महत समक्ष बजेट सुझाव पेश गरेको छ।
नेपालमा वैदेशिक लगानी भित्र्याउने तथा व्यापार अभिवृद्धि गर्ने प्रतिवद्धतासहित दुई दिने इयु नेपाल विजनेस फोरम राजधानीमा सम्पन्न भएको छ।
पोखरामा पछिल्लो दशक खुलेका ठुला लगानीका पर्यटकीय पूर्वाधारलाई आर्थिक रुपमा बढी समस्या छ। किनकी ती पूर्वाधार राम्रोसँग चल्न नपाउँदै मारमा परेका थिए। कतिपयले पिकअप लिँदै गर्दा कोरोना संक्रमण र त्यसपछिको मारमा परेका थिए भने कोरोनाकालमै खुलेका पूर्वाधार त झनै मारमा परेको व्यावसायीको भनाई छ।
वसन्त ऋतुमा आरोहणका लागि मौसम अनुकूल हुने भएकाले विश्वभरबाट उल्लेख्य सङ्ख्यामा आरोही आउँछन्। सगरमाथासहित विभिन्न हिमाल आरोहणबाट सरकारी राजस्वमासमेत योगदान पुग्छ।
राष्ट्रियसभाका सांसदहरुले आगामी बजेटमा फजुल खर्च कटौती र अनावश्यक संरचनाको पुनरावलोकन गर्न सुझाव दिएका छन।आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) सम्बन्धी आजको छलफलमा भाग लिँदै उनीहरुले सरकारी तवरमा हुने फजुल खर्च कटौती र अनावश्यक संरचनाको पुनरावलोकन नगरी अहिलेको आर्थिक सङ्कट सामाधान गर्न नसकिने बताएका हुन।
अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैंकले चाँडै मौद्रिक नीति खुकुलो बनाउने अपेक्षा आफूले राखेको बताएका छन्।