विद्युत् उत्पादन रोक्ने कुनै निर्णय भएको छैन : मुख्यसचिव
नेपाल सरकारका मुख्य सचिव शङ्करदास बैरागीले जलविद्युत् आयोजना सर्वेक्षण अनुमति रोक्ने कुनै निर्णय नभएको स्पष्ट पारे।
नेपाल सरकारका मुख्य सचिव शङ्करदास बैरागीले जलविद्युत् आयोजना सर्वेक्षण अनुमति रोक्ने कुनै निर्णय नभएको स्पष्ट पारे।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालन गर्ने तालुकदार निकायदेखि तलसम्मका समस्या ज्यूँ का त्यूँ छन्। ती समस्या समाधान नभएसम्म उडान सम्भव नभएको जानकारहरु बताउँछन्। लामो समयदेखिका कतिपय समस्या समाधानमा तदारुकता नदेखिएको गुनासो व्याप्त छ।
सरकारले जलविद्युत आयोजनाहरुको सर्वेक्षण अनुमतिपत्र, उत्पादन अनुमतिपत्र तथा विद्युत खरिद विक्री सम्झौतामाथि प्रतिबन्ध लगाएको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)ले आपत्ति जनाएको छ।
नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ४०० ले बढेर ९२ हजार १०० कायम भएको छ। छापावाल सुन शुक्रबार प्रतितोला ९१ हजार ७०० मा कारोबार भएको थियो।
यात्रुको चाप बढेपछि धनगढीलाई आधार बनाएर पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्नका लागि आजदेखि परीक्षण उडान हुने उनको भनाइ छ। उनका अनुसार आज पहिलो दिन धनगढीबाट डोटीको दीपायल र दोस्रो उडान बझाङमा हुँदैछ।
‘ग्लोबल एसएमई अवार्ड २०२१’ द्वारा मुक्तिनाथ विकास बैंक सम्मानित भएको छ। एसएमई फाइनान्सियर अफ दि इयर एसिया विधामा मुक्तिनाथ विकास बैंक सम्मानित भएको हो।
रिलायन्स लाइफ इन्स्योरेन्सले ‘रिलायन्स वार्षिक धन वर्षा जीवन बिमा योजना’ सार्वजनिक गरेको छ। सो योजनाअन्तर्गत बिमितलाई प्रत्येक वर्ष बिमालेखको वार्षिकोत्सव अवसरमा बिमांकको ५ प्रतिशत रकम भुक्तान गरिनेछ।
रैनादेवी छहरा गाउँपालिका–४ छहराकी कमला रायमाझीले तानसेनको सिल्खानटोलमा पाँच वर्षअघि ढाका कपडा कारोबार गर्न पसल सञ्चालन गर्दा निकै उत्साहित थिइन्। पछिल्लो समय कोरोनाले जिल्ला बाहिरका पर्यटक आगमन नहुँदा व्यापार सुस्ताएपछि उनी निराश छिन्।
निर्धारित समय सीमाभन्दा झण्डै दुईपछि राजधानीको व्यस्त सहर बानेश्वरमा स्काई ट्रस ब्रिज (आकाशे पुल) तयार भएको छ। ठेकेदार कम्पनीको ढिलासुस्ती र कोभिड–१९ का कारण तोकिएको समयभन्दा झण्डै दुई वर्ष ढिलो गरी पुल सञ्चालनमा आएको हो।
चाडपर्वको मैका छोपी सार्वजनिक सवारीमा यात्रा गर्नेसँग महङ्गो भाडा असुल गर्ने १३ सवारीलाई प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले कारबाही गरेको छ।
कोरोना महामारी लगायत समस्याले विदेशमा रोजगारी गुमाएर फर्कनेलाई लक्ष्य गरी सरकारले ल्याएको ‘वैदेशिक रोजगारीको क्रममा अलपत्र परेका नेपाली कामदारको उद्धार गरी स्वदेश फिर्ता गर्ने सम्बन्धी निर्देशिका’ कार्यान्वयनमा अलमल भएपछि बखेर्ची श्रमिक ऋण लिएर फर्कने क्रम जारी छ।
‘वेष्टर्न टुरिजम मार्ट नेपाल–२०२१’ नेपालगन्जमा गरिने भएको छ। पश्चिम नेपालको पर्यटन प्रवर्द्धन गर्नका लागि पर्यटन मन्त्रालयको सहयोग, नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस(नाट्टा), हान लगायत विभिन्न पर्यटनसँग आवद्ध संघसंस्थाको संयोजनमा आगामी डिसेम्भर १४–१६(मंसिर २८ देखि पुष १ गते)सम्म गर्न लागिएको हो।
आत्तीएर घटेको बेलामा शेयर नबेच्न स्वतन्त्र पूँजी बजार सुधार संघले आग्रह गरेको छ। शनिबार विराटनगरमा आयोजित अन्तर्क्रियामा संघले बजार नियोजित रुपमा घटाइएका कारण घटेको बेला आत्तीएर शेयर नबेच्न लगानीकर्ताहरूलाई आग्रह गरेको हो।
फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ।
तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन अवस्थामा रहेको केबुलकारको ‘राइट अफ वे’मा दुई सय ५७ रूख काटिने भएको छ। केबुलकार निर्माणका लागि त्यस मार्गमा पर्ने रूख काट्न लागिएको हो।
बेमौसमी वर्षाका कारण विराटनगर विमानस्थल डुबानमा परेपछि अवरुद्ध हवाई सेवा आज बिहानदेखि सञ्चालनमा आएको छ।
पोखरा–मुग्लिन सडक विस्तार सुरु भएपछि स्थलमार्गको यात्रा झन्झटिलो र सकसपूर्ण हुने भएकोले हवाई यात्रालाई सहज बनाउनुपर्ने भन्दै निजी हवाई कम्पनीले निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई ढिला नगरी संचालनमा ल्याउनुपर्नेमा जोड दिँदै आएका छन्।
तस्करी नियन्त्रण गर्ने भन्दै प्रहरीले नेपाल–भारत सीमा जमुनाहमा सीसी क्यामेरा जडान गर्यो। सीमा क्षेत्र जमुनाहमा जडान गरिएको उक्त क्यामेरा जमुनाह प्रहरी इन्चार्जको अधिनमा छ। तस्करी न्यूनीकरण गर्ने उद्देश्यले जडान गरिएको सीसी क्यामेरा जडान गर्दा पनि सीमा क्षेत्रबाट हुने चोरीपैठारी र तस्करीका घटनामा न्यूनीकरण हुन सकेका छैन।
अन्तर्राष्ट्रिय सम्मेलनको मूल नारा ‘पुनर्निर्माणबाट उत्थानशीलतातर्फ’ रहेको छ।सम्मेलनमा निजी आवास पुनर्निर्माण, सांस्कृतिक सम्पदा पुनर्निर्माण, सार्वजनिक पूर्वाधार पुनर्निर्माण, जीविकोपार्जन तथा आर्थिक पुनस्र्थापना र सुशासनका विभिन्न पक्षमा गरिएका अनुसन्धानमूलक प्रस्तुतिका साथै विषयगत गोष्ठीसमेत गर्ने कार्यक्रम रहेको छ।
भारतीय सरकारले अनुदानमा निर्माण गरेको जयनगर–कुर्था ३४.९ किलोमिटर अन्तर्राष्ट्रिय रेलमार्ग नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।
नेपाल वायुसेवा निगमले सुदूरपश्चिमका पहाडी जिल्लामा आइतबारदेखि उडान भर्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा निगमले आइतबारदेखि उडान सुरु गर्ने भएको हो।
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युत प्राधिकरणले दुई हजार मेगावाटका ठूला आयोजनाहरु अघि बढाएको बताएका छन्।
निर्माण पूरा भएसँगै त्यसलाई भारतले नेपाल सरकारलाई हस्तान्तरण पनि गरेको छ।
कर्णाली प्रदेश सरकारले बाढी–पहिरोमा मृत्यु भएका परिवारलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको छ। प्रदेश सरकारले बाढी–पहिरोका कारण घाइते भएकाहरुको निःशुल्क औषधि गर्ने निर्णय पनि गरेको छ।