बजार निरन्तर रुपमा उकालो लागेपछि लगानीकर्ताले कमाएका हुन् । पोहोर वैशाख २ गते ९४४ अंक रहेको नेप्से चैत ३० गते १३८८.६३ मा पुग्यो ।
चारैतिर निराशा हुँदाहुँदै पनि सेयरमा लगानी गर्नेले यो वर्ष राम्रो कमाए । सेयर बजारमा लगानी गर्नेले २०७२ साललाई धन्यवाद दिएका छन् । पुँजी बजारमा लगानी गर्नेले खुसीका साथ यो वर्षको बिदाइ गरे ।
उनीहरुले २०७३ साललाई कमाइको वर्ष बनोस भनेर शुभकामना दिएका छन् । २०७३ सालको अन्तिम दिन करिब ४.७८ अकंले उकालो लागेकाले पनि आगामी वर्षको लागि सुभसंकेत देखिएको लगानीकर्ता बताउँछन् ।
वैशाख १२ गतेको भूकम्पले सेयर बजार कारोबारसमेतलाई प्रभाव पा¥यो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले भूकम्पबाट सिडिएस एन्ड क्लियरिङ रहेको भवन, केही धितोपत्र ब्रोकर र सेयर रजिस्ट्रार कार्यालयमा क्षति पुगेको भन्दै करिब एक महिना बजार बन्द गर्योब।
भूकम्पका कारण सेयरमा समेत धक्का पुग्दा बजार केही समय घट्न पुग्यो । एक महिनापछि खुलेको बजारमा भूकम्पको ठूलै धक्का महसुस भयो । तीन दिनमा नेप्से करिब १०० अंकले घट्यो । जेठ १३ गते न्यूनतम ८३७.८३ अंकमा झरेको थियो ।
त्यसपछि तराई–मधेसमा देखिएको आन्दोलन र भारतले लगाएको नाकाबन्दीको प्रवाह नगरी पुनः बजार निरन्तर उकालो लाग्यो ।
यसबीचमा नेपाल राष्ट्र बैंकले बैंक तथा वित्त कम्पनीको चुक्ता पुँजी बढाउने योजना ल्यायो । लगानीकर्ताले बोनस र हकप्रद सेयर पाउने आसले पनि सेयर बजार पुनः बढायो ।
गत वर्ष सबैभन्दा बढी सेयरमा लगानी गर्नेले कमाए । बैंक, विकास बैंक, फाइनान्स, बिमा, जलविद्युत लगायत कम्पनीले बोनस र हकप्रद सेयर दिएपछि लगानीकर्तामा खुसी छाएको थियो ।
जेठ २५ गते राजनीतिक दलबीच भएको १६ बुँदे सहमतिपछि पुनः बजार बढ्यो । त्यसपछिका १० महिनामा सेयर बजारमा निरन्तर वृद्धि भयो । अढाइ दशकको सेयर बजारको इतिहासमा यो वर्ष उच्च बिन्दुमा पुग्यो । नेप्से १५ सय अंकको नजिक पुगेको छ । दैनिक कारोबार ७–८ करोडबाट बढेर एक अर्बभन्दा माथिसम्म भयो ।
राजनीतिक तथा आर्थिक प्रतिकूलताको अवस्थामा पनि बजार निरन्तर उकालो लागेको थियो । त्यो क्रम अहिलेसम्म जारी छ ।
नयाँ संविधान बनेपछि लगानीकर्तामा विश्वास बढेको छ । आगामी वर्ष नयाँ आशाका किरण देखिएका छन् ।
गत वर्ष लगानीयोग्य पुँजी (तरलता) बैंक तथा वित्तीय संस्थामा प्रशस्त हुन पुग्यो । यसले ब्याजदर घट्न पुग्यो र सस्तोमा लगानीकर्ता ऋण लिएर सेयर बजारमा लगानी बढाए । यसले उनीहरुलाई फाइदा भयो ।
धितोपत्र बोर्डले आधुनिक प्रविधि (डिम्याट) बाट सेयर कारोबार गर्न सकिने व्यवस्था ग¥यो । कारोबार सहज र पारदर्शी भएकाले पनि लगानीकर्ता सेयर खरिदमा आकर्षित भए ।
प्रकाशित: ३० चैत्र २०७२ २२:२७ मंगलबार





