५ श्रावण २०८३ मंगलबार
image/svg+xml
राजनीति

सनातनी धर्मको पक्षमा बोल्दा ब*लात्कारको धम्की आयो : सांसद ओली

प्रतिनिधिसभा सदस्य खुस्बु आलीले संसदमा सनातनी राज्यको पक्षमा अभिव्यक्ति दिएपछि आफूलाई ज्यान मार्ने तथा बलात्कारको धम्की आएको बताएकी छन्। 

प्रतिनिधिसभाको बुधबारको बैठकमा आलीले धर्म सम्बन्धित आफ्नो  अभिव्यक्तिपछि सामाजिक सञ्जालमा धम्कीहरू आएको बताएकी हुन्।  

‘मैले सनातनी राज्यको पक्षमा आवाज उठाएकी थिएँ। धर्मान्तरणको विरुद्ध बोलेकी थिएँ। म कुनै धर्मको विरोधमा छैन,’ उनले भनिन्, ‘मेरो अभिव्यक्तिले कुनै धर्म मान्नेलाई समस्या हुनु नपर्ने हो। के धर्मनिरपेक्ष राज्यमा यति बोल्दा ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की खेप्नुपर्ने हो ?’  

उनले आफूमाथि आएका सबै धम्की सहन सक्ने भएपनि सनातन धर्म मान्ने समुदायप्रतिको असहिष्णुता रहेको बताइन्।

 ‘म यो सबै सहन सक्छु, तर यो ममाथि मात्र होइन, सिंगो सनातन धर्ममाथिको प्रहार हो,’ उनले संसदमा भनिन्।

प्रकाशित: २७ जेष्ठ २०८३ १६:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App