नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङदेम्बेले सीमा सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले तालि बजाएर समर्थन गर्नु राष्ट्रघाती कदम भएको बताएका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा विशेष समयमा नेता आङदेम्बेले सीमा जस्तो गम्भीर विषयमा प्रधानमन्त्री शाहले गत जेठ १७ गते दिएको अभिव्यक्ति सच्याउन पहल गर्नु पर्नेमा रास्पपा सांसदहरुले समर्थन गर्नु दुखद् भएको टिप्पणी गरे। उनले भने, रास्वपाका सांसदहरु न्वारनदेखिको बल लगाएर नेपालले भारतको सीमा मिचेको प्रधानमन्त्रीको अभिव्यक्ति सही भएको पुष्टि गराउन लागि परेका छन् । यो अन्यन्तै आपत्तिजनक र दुखद् छ।
नेता आङ्देम्बेले रास्वपा सांसदहरुलाई प्रश्न गरे, गत जेठ १७ गते प्रधानमन्त्रीको अभिव्यक्तिमा तालि बजाएर राति निदाउनु भयो ? खाना खान सक्नु भयो?
नेता आङ्देम्बेले प्रधानमन्त्री शाहले आफ्नो अभिव्यक्तिमा माफी माग्दै संसद्ले त्यसलाई सच्याएर अघि बढ्न पर्ने मागमा अहिले पनि कांग्रेस अडिग गरेको बताए।
प्रकाशित: २७ जेष्ठ २०८३ १६:१६ बुधबार





