फिफा विश्वकप २०२६ को उद्घाटन दिनमा समूह ‘ए’ अन्तर्गत दक्षिण कोरिया र चेक रिपब्लिकबिच प्रतिस्पर्धा भइरहेको छ।
मेक्सिकोको ग्वाडालाजारास्थित एस्टाडियो एक्रोन (ग्वाडालाजारा स्टेडियम) मा भइरहेको खेलको पहिलो हाफ सकिँदासम्म दुवै टोलीले गोल गर्न सकेका छैनन्।
अत्यधिक गर्मी र आर्द्रता (ह्युमिडिटी) का कारण खेलाडीहरूलाई केही सास्ती भएको देखिन्छ। खेलको सुरुवाती समयमा दुवै टोलीका खेलाडीहरूले धेरै पासहरू मिस गरेका छन् भने कतिपय पासहरू बक्सभन्दा बाहिर गएका छन्। खेलमा शारीरिक क्षमता र दौडने गति उच्च देखिए पनि आक्रामक रणनीति र गोल गर्ने नयाँ अवसरहरू भने कमै सिर्जना भएका छन्।
त्यस्तै, पहिलो हाफको थप गरिएको समय (४५+१ मिनेट) मा दुवै टोलीबाट वास्तविक अवसरहरूको अभाव देखियो। दुवै टोली जारी दोस्रो हाफमा गोल गर्दै खेलमा अग्रता लिने दाउमा छन्।
प्रकाशित: २९ जेष्ठ २०८३ ०८:५६ शुक्रबार





