२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

पर्यटक तान्न राकम कर्णालीमा र्‍याफ्टिङ

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दैलेखको आठबीस नगरपालिका राकम कर्णालीमा र्‍याफ्टिङ सेवा सुरु गरिएको छ। राकम कर्णाली र्‍याफ्टिङ फर्मले आठबीस नगरपालिकाँंगको सहकार्यमा फर्मले र्‍याफ्टिङ संचालनमा ल्याएको हो।

आठबीस नगरपालिका–४ खिड्कीज्यूलाबाट करिव १० किलोमिटर साईगाउँसम्म र्‍याफ्टिङ सेवा संचालनमा आएको छ। प्रसिद्ध ऐतिहासिक धार्मिक एवम् पर्यटकीय सम्भावना बोकेको आठबीस नगरपालिकाले प्रदेश सरकारको सहयोगमा स्थानीय फर्मलाई र्‍याफ्टिङ संचालनका लागि जिम्मेवारी दिएर सेवा दिइरहेको छ। कर्णाली नदीमा र्‍याफ्टिङ सेव सुरु भएसंगै आठबीस नगरपालिकामा पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर शाहीले बताए।

उनले भने, ‘र्‍याफ्टिङ सेवालाई सुरक्षित तवरले नियमित संचालन गर्ने हो भने यसबाट बाह्य तथा आन्तरिक पर्यटकहरुले मनोरन्जन लिन पाउने छन्।’ कर्णालीको र्‍याफ्टिङ यात्रा अरू नदीको तुलनामा निकै आनन्ददायी र रोमाञ्चक भएकोले दैलेख जिल्लाको पर्यटन प्रवर्द्धनको विकासका लागि सरोकारवाला निकायहरुले चासो देखाउन थालेका छन्।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शाहीको विशेष पहलमा कर्णाली प्रदेशको १४ लाख र ३ लाख नगरपालिकाको सहयोगमा र्‍याफ्टिङ सेवा सुरु भएको हो। अनुदानमा पाएको र्‍याफ्टिङले अहिले प्रर्यटन बढ्दै गइरहेका छन्। कर्णाली प्रदेशकै प्रमुख प्रर्यटकीय क्षेत्र रारा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई एकपटक राकममा र्‍याफ्टिङ गरेर जान नगरपालिका लेखा अधिकृत दोणदेव वनले आग्रह गरे। उनले स्वर्गकी अप्सरा भनेर चिनिने राराको यात्रामा जाने पर्यटकले पनि एकपटक राकममा र्‍याफ्टिङ गरेर जान आग्रह गरे।

फागुन, चैत, वैशाख र जेठ यी ४ महिनामा र्‍याफ्टिङ संचालन हुन्छ, अघिपछि कर्णालीको बहाव बढ्ने भएकाले समस्या हुने गरेको नगरपालिकाले जनाएको छ। ‘यति धेरै रमाइलो ठाउँ होला भन्ने कल्पना गरेकै थिएनँ।’ कालीकोटका पत्रकार खेमराज सिम्खाडाले भने, ‘कर्णाली नदीमा जल विहार गर्दा आफू निकै रोमाञ्चित भएको छु।’ ‘फरक फरक तर सुन्दर भूगोल हेर्दै कर्णालीमा र्‍याफ्टिङ गर्नुको आनन्द अविस्मरणीय छ,’ उनले भने, ‘यहाँ जल विहारसँगै हिमाली जलवायु र जनजीवनको पनि अवलोकन गर्न मिल्ने भएकाले साहसिक पर्यटन रुचाउनेका लागि योभन्दा राम्रो गन्तव्य अरू हुन सक्दैन।’

समग्र दैलेखकै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आठबीस नगरपालिकाले १ वर्ष अघिदेखि कर्णाली नदीमा र्‍याफ्टिङ सुरु गरेको थियो। यसको प्रचारप्रसार हुन नसक्दा पर्यटक आउन नसकेको नगरपालिकाले जनाएको छ।

प्रकाशित: १५ चैत्र २०७८ ०८:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App