८ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

हामी ठेक्कापटा मिलाइदिन्छौ भनेर भोट माग्दैनौंः बिजुक्छें

नेपाल मजदुर किसानप पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले आफ्नो पार्टीले अहिलेसम्म कोही पनि ठेकेदारलाई ठेक्कापटा मिलाइदिने भनेर आश्वासन दिई भोट माग्ने नगरको दावी गरेका छन् ।  

भक्तपुरमा बिहीबार भएको एउटा कार्यक्रममा उनले यति मात्रै रोक्न सके पनि देश अगाडि बढ्ने बताए ।  

उनले भने, ‘अहिले आफूलाई ठूला दल भन्ने सबैले यसरी नै सबैलाई अनेक आश्वासन दिएर भोट माग्ने गरेका छन् । पैसा नवाडी चुनाव गर्ने हो भने कुन पार्टीको जनतम कति छ खुल्ने उनले बताए । उनले आफनो पार्टीले कहिले पनि पैसा बाँडेर चुनाव जित्ने सोच नबनाएको समेत बताए ।  

निर्वाचन सिद्धान्त र विचारको आधारमा हुनुपर्ने उनको बुझाइ छ । तर अहिले त्यस्तो हुन नसकेको भन्दै उनले दुःख व्यक्त गरे ।

प्रकाशित: १ माघ २०८२ १९:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App