२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनसिपको उपाधि प्याडल नेपाललाई

प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा पहिलोपटक कालीगण्डकी नदीमा सम्पन्न राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियिनसिपको उपाधि प्याडल नेपाल ‘ए’ टिमले जितेको छ। चारदिनसम्म चलेको प्रतियोगितामा प्याडल नेपालले ओभरअल तर्फ कुल ९७२ अंक प्राप्त गर्दै उपाधि हात पारेको हो।

कालीगण्डकी नदीमा कायाकिङ र र्‍याफ्टिङ प्रतियोगिता हुने

कालिगण्डकी नदीमा राष्ट्रिय र्‍याफ्टिङ तथा कायाकिङ प्रतियोगिता हुने भएको छ। गण्डकी प्रदेश खेलकुद परिषद र नेपाल र्‍याफ्टिङ एण्ड कनुसंघको सयुंक्त आयोजनामा प्रतियोगिता गर्न थालिएको हो।

वागमती नदिमा र्‍याफ्टिङ गरिने

जिल्ला समन्वयन समिति, काठमाडौंको आयोजना तथा नेपाल र्‍याफ्टिङ एण्ड क्यानोइङ संघको प्राविधिक सहयोगमा र्‍याफ्टिङ कार्यक्रम यहि भदौ १६ गते हुन लागेको हो।

कालीगण्डकी नदीमा नियमित र्‍याफ्टिङ सञ्चालन

कालीपुलमा गण्डकी होटलका सञ्चालक गम पुनको पहल र सक्रियतामा स्पलास नेपाल एडभान्चरले मङ्गलवारदेखि औपचारिकरूपमा नियमित र्‍याफ्टिङ सञ्चालन गरेको हो। पहिलो दिन गलेश्वरबाट बेनीसम्मको करिब तीन किलोमिटर दूरीमा गरिएको जलयात्रा सफल भएको व्यवसायी पुनले बताए।

कालिगण्डकीमा र्‍याफ्टिङ सुरु भएसँगै बढे आन्तरिक पर्यटक

कोभिड १९ का कारण करिब दुई वर्ष थलिएको पर्यटनलाई तङ्ग्राउन र्‍याफ्टिङले आकर्षित गरेको रानीमहल घुम्न पुगेका पर्यटक सरस्वती शर्मा र विष्णु पौडेल बताउँछन्। उनीहरुले पछिल्लो समय कोरोनाका कारण थलिएको पर्यटन व्यवसाय विस्तारै उठ्न थालेको र आम नागरिकहरु पनि यस्ता रोचक स्थानको भ्रमण गर्न मन पराउने गरेको बताए।

कालीगण्डकी नदीमा र्‍याफ्टिङ सञ्चालन हुने

बिहीबार इजरायलदेखि आएका समूहलाई जलयात्रा गराउँदै र्‍याफ्टिङका लागि परीक्षणसमेत गरेको कम्पनीले छोटो दूरीमा जलयात्रा गर्न चाहनेले दुई घण्टा र लामो यात्राका लागि दुई देखि तीन दिनसम्मको यात्रा गराउने भएको छ।

बागमती नदीमा र्‍याफ्टिङ तथा सरसफाई (फोटोफिचर)

बागमती सरसफाई अभियानले नदीलाई सफा गर्न सकिन्छ भन्ने सन्देश दिन र्‍याफ्टिङमार्फत् जल विहार गराएको हो। दर्जनौं बोटबाट कुपोन्डोलदेखि सुन्दरीघाटसम्म जल विहार गराइएको हो। र्‍याफ्टिङका साथै बिहान नदीमा सरसफाई पनि गरिएको थियो।

पर्यटक तान्न राकम कर्णालीमा र्‍याफ्टिङ

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दैलेखको आठबीस नगरपालिका राकम कर्णालीमा र्‍याफ्टिङ सेवा सुरु गरिएको छ। राकम कर्णाली र्‍याफ्टिङ फर्मले आठबीस नगरपालिकाँंगको सहकार्यमा फर्मले र्‍याफ्टिङ संचालनमा ल्याएको हो।

नेपालले र्‍याफ्टिङमा ओलम्पिक पदक जित्ने आँकलन

नेपालको भौगोलिक अवस्थितिका कारण पहाडबाट दक्षिणतर्फ बग्ने अधिकांश नदीमा पर्यटनसँगै खेलकुदलाई जोड्न र प्रयोग गर्नसक्ने प्रशस्त सम्भावना छ। त्रिशूली, भोटेकोसी, सुनकोसी, कालीगण्डकी, मस्याङ्दी, बूढीगण्डकी, कर्णाली र पश्चिम सेती साहसिक जलयात्राका लागि विश्वमै कहलिएका नदी हुन्।

तीन दिन धरान डे मनाउने तयारी, र्‍याफ्टिङ र प्याराग्लाइडिङमा बिशेष छुट

१३ सदस्यीय सचिवालय पनि गठन गरिएको छ भने २५ वटा उपसमितिहरु गठन गरिएको पनि मेयर राईले जानकारी दिए।

ट्रेकिङ ट्राभल्स र्‍याफ्टिङ मजदुर युनियनको प्रदर्शनः सामाजिक सुरक्षा ऐन लागू गर्न माग

सामाजिक सुरक्षा ऐन लागू गर्न दबाब दिँदै नेपाल ट्रेकिङ ट्राभल्स र्‍याफ्टिङ एयरलाइन्स सांस्कृतिक प्राकृतिक मजदुर युनियनले सांकेतिक प्रदर्शन गरेको छ।

सिजनको र्‍याफ्टिङ बुकिङ सबै रद्द

साहसिक खेल जलयात्रा (र्‍याफ्टिङ) यतिबेला शून्य छ । सेप्टेम्बरदेख नोभेम्बर तीन महिना मात्रै सिजन हुन्छ । सिजन सुरुआतसँगै शून्यताले व्यवसायी उदेक बनेका छन् । पछिल्लो समय नेपाली पनि र्‍याफ्टिङप्रति आकर्षित हुँदै थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्