चन्द्रागिरि नगरपालिकास्थित ‘कमला कार्की स्मृति प्रतिष्ठान’ले आफ्नो १० औँ स्मृति दिवसको अवसरमा नेपाल टेलिभिजन (एनटिभी) की पहिलो महिला छायाकार विष्णु पन्थीलाई विशेष सम्मान गरेको छ।
नैकापस्थित ब्राइट फ्युचर माध्यमिक विद्यालयको प्रांगणमा आयोजित एक समारोहबीच प्रतिष्ठानले पत्रकारिता र सञ्चारको प्राविधिक क्षेत्रमा पु¥याएको अतुलनीय योगदानको कदर गर्दै पन्थीलाई सम्मान पत्र र ताम्रपत्रद्वारा सम्मानित गरेको हो।
नेपालको सरकारी सञ्चार माध्यम नेपाल टेलिभिजनको इतिहासमा पहिलो महिला छायाकारको रूपमा आफ्नो छुट्टै पहिचान बनाउन सफल पन्थी विगत लामोसमयदेखि यस क्षेत्रमा क्रियाशील छिन्।
प्रकाशित: १ माघ २०८२ २०:३० बिहीबार





