coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

भारतबाहेक अन्य देशमा उडान बन्द हुने

कोरोना महामारीको दोस्रो लहरमा खेपिरहेको भारतमा हप्ताको दुई दिन उडान हुने गरी सबै आन्तरिक तथा बाह्य उडान बन्द हुने भएका छन्। मन्त्रिपरिषद्को हवाई उडानसम्बन्धी पाँचबुँदे पछिल्लो निर्णयले आन्तरिक र बाह्यतर्फका नियमित उडान वैशाख मसान्तसम्म बन्द गर्ने प्रस्ट पारेको छ। यसअघि केही देशमा बुधबारदेखि बाह्य उडान रोक्ने तयारी रहेको थियो। मन्त्रिपरिषद्को पछिल्लो निर्णय अनुसार बाह्य उडान बिहीबार रातिदेखि बन्द हुनेछन्।

अन्य देशसँगको उडान बन्द हुने भनिए पनि गत वर्षदेखि सञ्चालनमा रहेको भारतसँगको उडान भने अझै सातामा दुई दिन दुईतर्फी नै सञ्चालनमा रहनेछ। हाल नेपाल र भारतबीच एयर बबल प्रणालीअनुसार साताभर उडान हुँदै आएको छ। यो अवधिमा अनुमति लिएर चार्टर्ड उडान भने गर्न सकिने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। भारतबाट आउने यात्रुले अनिवार्य १० दिन क्वारेन्टिनमा बस्नुपर्ने सर्त अघि सारिएको छ।

त्यस्तै नेपाल आएका भारतीयलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल प्रहरीको संयुक्त अनुगमन टोलीले क्वारेन्टिनमा बसे न बसेको अनुगमन गरी कोभिड १९ संकट व्यवस्थापन केन्द्रमा दैनिक रूपमा प्रतिवेदन बुझाउन समेत निर्देशन भएको छ। साथै, कुनै पनि उडानमा पिसिआर पोजेटिभ भएका यात्रुलाई बोर्डिङ पास दिई यात्रा गराएमा सो उडानमा रहेका सबै यात्रुको होटल क्वारेन्टिनको खर्च सम्बन्धित एयरलाइन्सले बेहोर्नुपर्ने समेत सरकारको निर्णयमा उल्लेख छ। 

प्रकाशित: २१ वैशाख २०७८ ०४:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App