२० श्रावण २०८३ बुधबार
image/svg+xml
समाज

न्यायिक महोत्सव गर्दै उच्च अदालत जनकपुर

मधेस प्रदेशमा पहिलो पटक न्यायिक महोत्सव आज (शनिबार) जनकपुरधाममा हुँदै छ।

न्यायिक सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने उद्देश्यसहित अदालतको कार्यप्रगति, मुद्दा फर्छ्योटको अवस्था तथा आगामी न्यायिक मेला गर्न लागेको जनकपुर उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवरले बताए।

सो मेलामा अदालतको समग्र कार्यसम्पादन, मुद्दा व्यवस्थापन प्रणाली, सेवा प्रवाह, पुराना मुद्दा फर्छ्योटको अवस्था तथा नागरिकलाई न्यायिक प्रक्रियाबारे सहज जानकारी उपलब्ध गराउने उद्देश्यले आयोजना गर्न लागिएको हो।

कायममुकायम मुख्य न्यायाधीश कुँवरले न्यायपालिकाप्रति नागरिकको विश्वास कायम राख्न छिटो, निष्पक्ष र प्रभावकारी न्याय सम्पादन आवश्यक रहेको बताए। उनका अनुसार अदालतले पुराना मुद्दा फर्छ्योटलाई प्राथमिकतामा राखेर कार्य गरिरहेको छ। न्यायमा नागरिकको पहुँच विस्तार गर्न सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण रहने उनको विश्वास छ।

कायममुकायम मुख्य न्यायाधीश कुँवरका अनुसार ‘न्यायिक मेला’लाई न्यायपालिका र नागरिकबीचको दूरी घटाउने माध्यमका रूपमा लिइएको छ। मेलामार्फत अदालतको सेवा, न्यायिक प्रक्रिया, वैकल्पिक विवाद समाधान, कानुनी सहायता तथा नागरिक अधिकारसम्बन्धी जानकारी सर्वसाधारणसम्म पुर्याइने उनले जानकारी दिए।

प्रकाशित: २६ वैशाख २०८३ ०९:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App