१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

द चेन स्मोकर्सको साथमा टुबोर्ग ओपन

डेनिस बियर ब्रान्ड टुबोर्गले यस वर्षको लागि आफ्नो टुबोर्ग ओपन अभियान सुरु भएको घोषणा गरेको छ। यस वर्षको अभियानमा ग्रामी अवार्ड विजयी कलाकार जोडी ‘द चेन स्मोकर्स’सँग सहकार्य गरी विश्वभरका संगीतप्रेमीलाई नयाँ सांगीतिक प्रस्तुति पेस गरिने कम्पनीले जनाएको छ।

हालै विश्वव्यापी प्रचलित कलाकारमध्येका एक ‘द चेन स्मोकर्स’टुबोर्ग ओपनको साथमा युरोप र एसियाका उत्कृष्ट संगीतकारसँग सहकार्य गर्दै विश्वभरका संगीतप्रेमीलाई यस अभियानतर्फ प्रोत्साहित हुँदै आएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

नेपालको अभियानमा नेपाली कलाकारले ‘द चेन स्मोकर्स’को ‘सिक बोई’ एल्बमको हालसम्म एक अर्बभन्दा बढी स्ट्रिम प्राप्त गरेको ‘होप’ ट्र्याकको धुुन प्रयोग गरी नयाँ संगीत सिर्जना गर्ने मौका पाउनेछन्।

निर्माता जोडी, एलेक्स पाल र ड्रिउ टग्गार्ट समावेश रहेको ‘द चेन स्मोकर्स’ले २०१६ मा ‘दया’सँगको ‘डोन्ट लेट् मी डाउन’ र ‘हेल्से’सँगको ‘क्लोजर’ जस्ता हिटहरुबाट विश्वव्यापी ख्याति प्राप्त गरिसकेका छन्। २०१७ को अप्रिलमा उक्त जोडीले आफ्नो पहिलो एल्बम ‘मेमोरिज....डु नट ओपन’ रिलिज गरेका थिए जसमा ‘कोल्डप्ले’ ब्यान्डसँग सांगीतिक सहकार्य रहेको मल्टी–प्लाटिनम सर्टिफाइड हिट ‘समथिङ जस्ट लाइक दिस’ समावेश रहेको जनाइएको छ। 

प्रकाशित: ५ श्रावण २०७७ ०३:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App