coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

रोपाइँको सिजन, मल अभाव

मोरङ सुनवर्षीका किसान धानको वीउ उखेल्दै । पूर्वी तराई क्षेत्रमा धान रोपाइँको सिजन सुरू भएको छ । तस्बिर: चुमन/नागरिक

प्रदेश १ मा धान लगाउने सिजनमै रासायनिक मल अभाव भएको छ । समयमै आयात नहुँदा धान लगाउने सिजनामा मल अभाव भएको हो । सरकारले कृषिलाई प्राथमिकता राखेको बताइरहे पनि मुख्यबाली धान लगाउने सिजनमै मल अभाव भएपछि भनाइ र व्यवहारमा फरक देखिएको छ ।  

प्रदेश १ मा मल आपूर्ति गर्दै आएका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ लिमिटेडमा धान सिजनका लागि युरिया मलको मौज्दात सकिएको छ । धान लगाउने सिजन सुरू भइसके पनि अझै युरिया मल आउने अत्तोपत्तो नभएको कृषि सामग्री कम्पनी प्रालि क्षेत्रीय कार्यालय विराटनगरका सूचना अधिकारी नवरत्न गौतमले बताए ।  

गौतमका अनुसार धान लगाउने सिजन सुरू भए पनि कम्पनीको विराटनगरस्थित गोदाममा युरिया मलको मौज्दात सकिएको छ । ‘गोदाममा युरिया मलको मौज्दात सकिएको छ,’ गौतमले भने, ‘कहिले आउँछ भन्ने टुंगो पनि छैन ।’ कृषि सामग्री कम्पनीमा मात्रै हैन मल आपूर्ति गर्ने अर्को सरकारी कम्पनी साल्ट ट्रेडिङमा पनि युरिया मलको मौजदात छैन ।

साल्ट ट्रेडिङ कम्पनी विराटनगर कार्यालयका प्रमुख राधेश्याम चौधरीका अनुसार साल्ट ट्रेडिङको विराटनगरस्थित गोदाममा युरिया मलको मौज्दात सकिएको छ । ‘गोदाममा युरिया मल सकिएको छ,’ चौधरीले भने, ‘कहिले आउने भन्नेबारे केन्द्रीय कार्यालयबाट कुनै जानकारी आएको छैन ।’ युरिया मलको चरम अभाव भए पनि डिएपी मल भने दुवै कम्पनीसँग पर्याप्त रहेको छ ।  

'गोदाममा युरिया मलको मौज्दात सकिएको छ, कहिले आउँछ भन्ने टुंगो पनि छैन ।’

आयात गरिएको मल पनि नियमित रूपमा गोदाममा आइरहेका कारण धान सिजनलाई डिएपी मलको अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेड विराटनगरले जनाएको छ । सूचना अधिकारी गौतमले भने, ‘भारतबाट चार हजार पाँच सय टन मल आउनेक्रममा रहेको र केहि मल आइसकेका कारण धान सिजनलाई डिएपी मल अभाव हुँदैन ।’  

यता साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड विराटनगरको गोदाममा पनि डिएपी मल पर्याप्त रहेको छ । साल्ट ट्रेडिङ लिमिटेड विराटनगर कार्यालयका प्रमुख चौधरीका  

अनुसार हाल साल्ट ट्रेडिङको गोदाममा डिएपी मल एक हजार टन मौज्दात छ । यस्तै पाँच हजार टन आउने क्रममा छ । गोदाममा मल मौज्दात रहेको र भारतबाट पनि मल आउन थालेकाले धान सिजनलाई डिएपी मल अभाव नहुने चौधरीले जानकारी दिए ।  

विगतका वर्षमा भारतबाट चोरी तस्करी भई ठूलो परिमाणमा मल आयात हुने गरेकामा यो वर्ष लक डाउनका कारण सीमा बन्द भएकाले तस्करी भएर हुने आयात ठप्प छ । चोरी तस्करीबाट मल नभित्रिएका कारण साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनीकै मलमा किसानले निर्भर हुनु परेको छ ।  

तत्काले मल आयात नभए धान उत्पादनसमेत प्रभावित हुने किसान बताउँछन् । पूर्वी तराईका जिल्लामा धान रोपाइँ गर्दा ५० प्रतिशत युरिया र ५० प्रतिशत डिएपी मिसाएर खेतमा लगाउने प्रचलन छ । प्रदेश १ मा तीन लाख हेक्टरभन्दा बढी क्षेत्रफलमा धान खेती गरिँदै आएको छ ।

प्रकाशित: १२ असार २०७७ ०३:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App