२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अर्थ

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण


काठमाडौं– ग्लोबल आइएमई बैंकले संविधान दिवसको अवसरमा वृक्षरोपण गर्नेको जनाएको छ ।

बैंकले काठमाडौं महानगरपालिका वडा नम्बर ३, सँगको सहकार्यमा पानीपोखरीदेखि महाराजगन्जसम्मको सडक पेटीमा करिब दुई सय बिरुवा रोपेको विज्ञप्तिमा उल्लेख छ ।

उक्त कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष दिपक केसी, बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, कायममुकायम प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल, सहायक महाप्रबन्धक सुरेन्द्र रेग्मी र आरती राज्यलक्ष्मी राणा लगायतको उपस्थिति रहको बैंकले जनाएको छ ।

साथै बैंकका उपत्यकाबाहिर रहेका शाखाले पनि संविधान दिवसको अवसरमा वृक्षरोपण, वित्तीय साक्षरता तथा दीपावलीका कार्यक्रम आयोजना गरेकोे विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: ५ आश्विन २०७६ ०७:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App