२२ पुस २०८२ मंगलबार
image/svg+xml
अर्थ

नेप्से फेरि ओरालोको यात्रामा, कारोबार रकम पनि घट्यो

दुई दिन लगातार बढेको नेप्से परिसूचकमा बुधबार फेरि गिरावट आएको छ । बुधबार नेप्से परिसूचक १३.६९ अंकले घटेर २६६४.४७ विन्दुमा झरेको छ।  

आज सेन्सेटिभ इण्डेक्स ०.०५ अंक र फ्लोट इण्डेक्स ०.५८ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१२ अंकले बढेको छ।

मंगलबार १० अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएको बजार परिसूचकमा बुधबार भने ३०७ स्टकको ८१ हजार ७०३ पटकको कारोबारमा ९ अर्ब ९० करोड ७० लाख ५ हजार रुपैयाँबराबरको २ करोड २० लाख ७५ हजार ७६९ कित्ता शेयर खरिदबिक्री भएको छ।

आज बुटवल पावर कम्पनी, पियोर इनर्जी र सिनर्जी पावर डेभलपमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। रिभरफल्स पावरको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ भने कारोबारमा आएको सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ५.८९ प्रतिशतले घटेको छ।  

कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको राधी विद्युत कम्पनीको ६१ करोड ५७ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। सानिमा माइ हाइड्रोपावरको ५९ करोडभन्दा बढी र बुटवल पावर कम्पनीको करिब साढे ५८ करोडको शेयर कारोबार भएको छ।  

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक बढेको छ। जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको वित्त, होटल तथा पर्यटन, अन्य र व्यापार उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक भने स्थिर रहेको छ। आज ७७ वटा कम्पनीको मूल्य बढेको छ भने १७० को घटेको छ । एउटा कम्पनीको मूल्य भने स्थिर रह्यो । 

प्रकाशित: २८ जेष्ठ २०८२ १५:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App