२५ पुस २०८२ शुक्रबार
image/svg+xml
अर्थ

सरकारको आर्थिक सर्भेक्षण : अर्थतन्त्रको आकार ६१ खर्ब, प्रतिव्यक्ति आय १५१७ डलर

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको आर्थिक सर्भेक्षण प्रतिनिधि सभामा प्रस्तुत गरेका छन्। बिहीबार प्रस्तुत आर्थिक सर्भेक्षणअनुसार नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान गरिएको छ।

यस्तै कुल ग्रार्हथ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २५ दशमलव १६ प्रतिशत, उद्योग क्षेत्रको १२ दशमलव ८३ र सेवा क्षेत्र ६२.०१ प्रतिशत अनुमान गरिएको अर्थमन्त्री पौडेलले सुनाए।  

यस्तै नेपाली नागरिकको प्रतिव्यक्ति आय १५१७ अमेरिकी डलर पुगेको आर्थिक सर्भेक्षणमा उल्लेख छ।

प्रकाशित: १५ जेष्ठ २०८२ १४:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App