२२ पुस २०८२ मंगलबार
image/svg+xml
अर्थ

काठमाडौंका होटल र रेस्टुरेन्ट अब राति ११ बजेसम्म खुल्ने

काठमाडौंका होटल र रेस्टुरेन्टले अब राति ११ बजेसम्म सेवा सञ्चालन गर्न पाउने भएका छन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले होटल व्यवसायीहरूको निरन्तर मागपछि यस्तो निर्णय गरेको हो। पर्यटकीय सहजता र व्यवसायमैत्री वातावरणका लागि यो निर्णय गरिएको प्रशासनले जानकारी दिएको छ।

होटल व्यवसायी संघ काठमाडौंले प्रहरीको हस्तक्षेपले समयअघि नै व्यवसाय बन्द गर्नुपर्दा ग्राहक सन्तुष्टि र व्यवसायमा असर परेको बताउँदै आएको थियो।

संघले रातभर सञ्चालनको अनुमति मागे पनि राति ११ बजेसम्मको अनुमति दिइएको हो। पर्यटन र रोजगारीमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित: ९ जेष्ठ २०८२ १६:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App