२२ पुस २०८२ मंगलबार
image/svg+xml
अर्थ

यातायात कार्यालय जुम्लाद्वारा ६ महिनामा ६७ लाख राजस्व सङ्कलन

क्याप्शन

जिल्लास्थित यातायात व्यवस्था कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा रु ६७ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ। नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि पुससम्ममा सो कार्यालयले रु ६७ लाख ४४ हजार राजस्व सङ्कलन भएको निमित्त कार्यालय प्रमुख लोकबहादुर महतले जानकारी दिए।

निमित्त कार्यालय प्रमुख महतका अनुसार चालु आवको छ महिनामा यातायात क्षेत्रको आम्दानीतर्फ रु १० लाख ४२ हजार, चालक अनुमतिपत्र (लाइसेन्स), सवारी साधन दर्ता किताब (ब्लुबुक) दस्तुर रु ३० लाख ३५ हजार र सवारी साधन करतर्फ रु २६ लाख ६६ हजार राजस्व सङ्कलन भएको छ।

यस्तै, चालु आवको सो अवधिमा पुस मसान्तसम्म एक सय १३ वटा सवारी साधन दर्ता भएको निमित्त कार्यालय प्रमुख महतको भनाइ छ। कार्यालय स्थापनादेखि हालसम्म निजी र सरकारी सवारी साधन गरी तीन हजार दुईसय ३३ वटा सवारी साधन दर्ता भएको यातायात व्यवस्था कार्यालयले जनाएको छ। रासस

प्रकाशित: २० माघ २०८१ १२:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App