१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अर्थ

नेप्से र कारोबार दुवै घट्यो

आइतबार नेप्से परिसूचक घटेर बन्द भएको छ। साताको पहिलो कारोबार दिन  १३.०३ अंक घटेर २६६७.४० विन्दुमा  पुगेको छ। अघिल्लो कारोबार दिन अर्थात गएको बिहीबार पनि नेप्से घटेर बन्द भएको थियो। बिहीबार नेप्से  ३१.३१ अंकले घटेर २६८०.४४ विन्दुमा  पुगेको थियो।

आइतबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गत बिहीबार ८ अर्ब २५ करोडको शेयर खरिदबिक्री भएको बजारमा आइतबार ३२२ स्टकको ७६ हजार ४१८ पटकको कारोबारमा ७ अर्ब ७२ करोड ८८ लाख ६१ हजार रुपैयाँबराबरको १ करोड ५२ लाख ७० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज सेन्सेटिभ इण्डेक्स १.७६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंक घटेको छ।

आज थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.९१ प्रतिशत बढेको छ भने सेञ्चुरी डिबेञ्चर २०८८ को मूल्य सर्वाधिक ७.७५ प्रतिशत घटेको छ।  

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी ६० करोड ८७ लाख ३६ हजार एक सय ५२ बराबरको शेयर किनबेच भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा ङादी पावर लिमिटेडको सात लाख २० हजार आठ सय १३ कित्ता शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ।

प्रकाशित: ९ मंसिर २०८१ १५:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App