३१ भाद्र २०८१ सोमबार
image/svg+xml
अर्थ

एनसेलले ल्यायो नयाँ टिकटक प्याक, सधैं अनको निःशुल्क सोसल मिडिया डेटामा टिकटक पनि उपलब्ध

एनसेलले शुक्रबार (भाद्र २१) देखि टिकटक प्याक संचालनमा ल्याएको छ । साथै सबै सधैं अनका प्याकहरुमा सामाजिक सञ्जाल चलाउनका लागि पाइने निःशुल्क डेटामा टिकटक पनि समावेश गरेको छ ।

ग्राहकहरुले करसहित मात्र रु १७५ मा सात दिनसम्ममा अनलिमिटेड टिकटक चलाउन पाउँछन् । त्यतिमात्र नभई यसमा अन्य प्रयोजनका लागि ग्राहकले इन्टरनेट प्रयोग गर्न २ जीबी डेटा पनि प्राप्त गर्दछन् ।  

सरकारबाट टिकटकको प्रयोग÷पहुँचमा लगाईएको रोक हटेसँगै एनसेलले प्रदान गर्दै आएको सधैं अनका सबै प्याकहरुमा निःशुल्क पाइने सोसल मिडिया डेटामा पनि टिकटक थपिएको हो । यसको मतलब अब सधैं अन प्याकहरुमा ग्राहकले फेसबुक, इन्स्टाग्राम र युट्युबका साथसाथै टिकटक पनि निःशुल्क रुपमा आउने डेटाबाट चलाउन पाउँछन् ।

'नेपालमा औधि मन पराइएको सामाजिक सञ्चाल टिकटकमा लगाईएको रोक हटाईनु दूरसञ्चार क्षेत्र र ग्राहकहरु सबैका लागि स्वागत योग्य छ र यसका लागि हामी नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई धन्यवाद दिन चाहन्छौं,' एनसेलका चिफ कमर्शीयल अफिसर, उमेर मोहसीनले भने, 'हामीले आजैदेखि लागु हुने गरी सुलभ दरमा टिकटकमा पहुँचदिने टिकटक प्याक ल्याएका छौं र साथै सधैं अन प्याकका सोसल मिडिया डेटामा टिकटक पनि समेटेका छौं । यसले हाम्रा ग्राहकवर्गलाई टिकटकको पहुँच अझै सहजहुने विश्वास लिएका छौं ।'

एनसेलले सधैं अन योजनाअन्तर्गत बेसिक, बेस्ट र अनलिमिटेड गरि तीनप्रकारका प्याकहरु प्रदान गर्दै आएको छ । बेसिकमा सात दिन समयसीमा रहेको सधै अन प्याकमा ग्राहकहरुले अन्य बन्डल सेवाहरु बाहेका १ जीबीनिःशुल्क सोसल मिडिया प्याकपाउँदै आएका छन् ।  

त्यस्तैगरी, सधैं अनको २८ दिने बेस्ट अन्तर्गतका प्याकहरुमा प्याकअनुसार ४ जीबी, ५ जीबी र ६ जीबी निःशुल्क सोसल मिडिया डेटा पाउँदै आएका छन् । सधैं अन अनलिमिटेड प्याकहरु अन्तर्गत २८ दिन समय सीमा भएको ८ जीबी, १० जीबी र १५ जीबी निःशुल्क सोसल मिडिया डेटा पाइन्छ । यसरी पाइने निःशुल्क सोसल मिडिया डेटाबाट अब टिकटक पनि प्रयोग गर्न सकिन्छ ।      

नेपाल सरकार, मन्त्रिपरिषद्को गत भदौं ६ गतेको बैठकले टिकटकको प्रयोगमा लगाईएको रोक हटाउने निर्णय भएको थियो । यो निर्णय पश्चात नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार एक सार्वजनिक सूचना प्रकाशित गरेर सबै मोबाइल सेवाप्रदायक र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई टिकटकमाथिको रोक हटाउन निर्देशन दिईसकेको छ ।  

प्रकाशित: २१ भाद्र २०८१ १९:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App