३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

संसद्को चालु अधिवेशन मध्यरातदेखि अन्त्य हुने

फाइल तस्बिर

संघीय संसदका दुवै सदनको चालु अधिवेशन सोमबार मध्यरातिदेखि अन्त्य हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा चालु अधिवेशन सोमबार मध्यरातिदेखि लागु हुनेगरी अन्त्य गरेका हुन् ।  

राष्ट्रपति कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ, 'नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१/०५/३० को सिफारिसमा संघीय संसदका दुवै सदनको चालु अधिवेशन सम्वत् २०८१ साल भदौं ३१ गते सोमबार राति १२ः०० बजेदेखि अन्त्य गर्नुभएको छ ।' 

प्रतिनिधि सभाको यो चौथो अधिवेशन हो भने राष्ट्रिय सभाको सोह्रौं अधिवेशन हो । दुवै सदनका चालु अधिवेशन गत वैशाख २८ गते सुरु भएको थियो ।  

प्रकाशित: ३१ भाद्र २०८१ १३:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App