२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अर्थ

मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी

नेपाल राष्ट्र बैँकले मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी गरेको छ।

राष्ट्र बैँकले गत शुक्रवार नै मौद्रिक नीति ल्याउने तयारी गरेपनि प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक सल्लाहकारमा डा.युवराज खतिवडा नियुक्त भएपछि मौद्रिक नीति रोकिएको थियो।

राष्ट्र बैंकको पूर्व गभर्नरसमेत रहेका डा. खतिवडाको सुझावलाई मौद्रिक नीतिमा समेटेर आज सार्वजनिक गर्ने तयारी रहेको बुझिएको छ।

मौद्रिक नीति ल्याउने गरी राष्ट्र बैँककले बोर्ड बैठक बोलाएको छ।

आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सम्बन्धमा र केन्द्रीय बैंकको आर्थिक वर्ष २०८०/८१ को प्रारम्भिक वित्तीय विवरणमाथि छलफल गर्न एजेण्डासहित बोर्ड बैठक आह्वान भएको छ।

प्रकाशित: ११ श्रावण २०८१ ०७:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App