२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अर्थ

पूर्वाधार विकास कार्यालयको पुँजीगत खर्च ७३ प्रतिशत

जिल्ला पूर्वाधार विकास कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा रु दुई अर्ब १२ करोड ४६ लाख ५० हजार खर्च भएको जनाएको छ। यो खर्च पुँजीगततर्फ विनियोजित रकमको ७३ दशमलव ३९ प्रतिशत हो।

उक्त कार्यालयका सूचना अधिकारी उत्तम नारायण खरेलका अनुसार प्रदेश स्रोत, सङ्घ सशर्त र समपूरक गरी जम्मा दुई अर्ब १२ करोड ४६ लाख ५० हजार पुँजीगततर्फ विनियोजन भएको थियो। 'चालुतर्फ विनियोजित दुई करोड ३० लाखमध्ये एक करोड ७६ लाख ४६ हजार अर्थात् ७७ प्रतिशत रकम खर्च हुँदा समग्रमा ७३ दशमलव ४३ प्रतिशत खर्च भएको छ', उनले भने।

झापा र इलाम दुई जिल्ला कार्यक्षेत्र रहेको पूर्वाधार विकास कार्यालयले गत आवमा झापामा चार र इलाममा दुई गरी छवटा मोटरेबल पुल निर्माण सम्पन्न गरेको थियो।

यसैगरी, गत आवमा २६ दशमलव ७३ किमी सडक कालोपत्र, २७ दशमलव ५८ किमी सडक ग्राभेल, १७ दशमलव पाँच किमी सडक मर्मत, तीन किमी कच्ची सडक, एक दशमलव ३७ किमी पिसिसी र दुई दशमलव २० किमी सडक सोलिङ गर्ने काम सम्पन्न भएको छ। 

झापा जिल्लामा दुईवटा बहुवर्षीय सडकको २० दशमलव ४७ किमी निर्माण सम्पन्न भएको छ। रासस

प्रकाशित: ९ श्रावण २०८१ ०८:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App