२ वैशाख २०८१ आइतबार
अर्थ

सुनको मूल्यमा सामान्य गिरावट

स्थानीय बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा चार सयले घटेको छ।

सोमबार तोलामा एक लाख ३१ हजार छ सयमा कारोबार भएकामा आजका लागि भने एक लाख ३१ हजार दुई सय निर्धारण भएको छ।

यस्तै, तेजावी सुन सोमबार तोलामा एक लाख ३० हजार नौ सय ५० मा कारोबार भएकामा आजका लागि रु एक लाख ३० हजार पाँच सय ५० निर्धारण भएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि सामान्य रुपमा बढेको छ। सोमबार प्रतितोला एक हजार पाँच सय ३५ मूल्यमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार पाँच सय ४५ निर्धारण गरिएको छ।  

प्रकाशित: २० चैत्र २०८० ११:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App