१२ श्रावण २०८१ शनिबार
image/svg+xml
अर्थ

ग्राहकको डिजिटल यात्रा सरल पार्दै ‘एनसेल एप’

एनसेलले आफ्नो ‘एनसेल एप’ अझै परिस्कृत गरि थप ग्राहकमैत्री बनाएको छ। अब ग्राहकले थप विविध जानकारीहरुमा सजिलै पहुँच पाउने भएका छन्। एनसेलले हालै मात्र आफ्नो यो सेल्फ केयर एपको नयाँ भर्सन सञ्चालनमा ल्याएको छ।

ग्राहक अनुभव अभिवृद्धि गर्ने र ग्राहकहरुको डिजिटल यात्रा सहज बनाउन सहयोग पुर्‍याउने कम्पनीको प्रतिबद्धता बमोजिम नेपाली बजारमा नै उपलब्ध स्थानीय सूचना प्रविधि प्रतिभाहरुमार्फत एपलाई अपडेट गरिएको कम्पनीले जनाएको छ।

ग्राहकहरुले सहजै गुगल प्ले स्टोर र एप स्टोरबाट ‘एनसेल एप’ डाउनलोड वा अपडेट गर्न सक्नेछन्।

मुख्य मेनुमा सहजै पुग्न सकिने लगायतका विशेषताका कारणहरुले गर्दा यो भर्सन प्रयोग गर्न सजिलो रहेको कम्पनीको दाबी छ। ग्राहकहरूले एपको प्रयोग गर्दा व्यक्तिगतरुपमा सेवा प्रदान गरिएको अनुभव लिन सक्नेछन्। यसमा थुप्रै नयाँ निःशुल्क र सशुल्क गेमहरुको पनि अनलाइन तथा अफलाइन मजा लिन सकिनेछ। ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्न एपको होम पेजलाई परिमार्जनसँगै प्रयोगकर्ताले आफ्नो इच्छा अनुसार आफ्नो प्रोफाइल बनाएर आफ्नो अकाउन्ट व्यवस्थापन गर्न सक्नेछन्।

यस भर्सनमा, प्रयोगकर्ताहरूले सजिलैसँग आफ्नो सेवाहरुको प्रयोग कति भयो ?, लिइएका प्याकहरू, सक्रिय प्याकहरूको अवस्था हेर्न सक्नेछन् र आफूलाई मनपर्ने प्याकहरुलाई सजिलै आफ्नो पहुँचमा राख्न सक्छन्।

ncell

छोटा वा लामो अवधिका लागि रोमिङसहित विदेश भ्रमणमा रहेका ग्राहकहरुका लागि पनि यो एप एकदमै सहयोगी हुने कम्पनीको दाबी छ। एपको माध्यमबाट प्रयोगकर्ताले सजिलै रिचार्ज गर्ने र प्याकहरु किन्ने कार्यहरु गर्दै विदेश भ्रमणका बेला पनि सहज रुपमा सम्पर्कमा रहने सकिने कम्पनीले जनाएको छ। स्थानीय सूचना प्रविधिका प्रतिभा र एप डेभलपमेन्ट क्षमताको प्रयोग गरेर यो एप अपडेट गरिएकाले यसले ठूलो अर्थ राख्ने एनसेलको विश्वास छ।

एपमा सजिलै भ्वाइस र डाटा प्याकहरु लिन सकिने, अनलाइन रिचार्ज, मासिक बिल, रिसोर्स ट्र्याकिङ, सेवा सक्रिय वा निष्क्रिय गर्ने, रोमिङ सेवा सुचारु गर्ने लगायत अन्य थुप्रै सेवा, सुविधाहरु छन्।

केही ट्याप गरेको भरमा नै ग्राहकहरूले हालै सञ्चालनमा ल्याइएको कर सहित १५० रुपैयाँ मूल्यमा सुरु हुने डबल मजा प्याक जस्ता सेवाहरू सजिलै सुचारु गर्न सक्ने एनसेलले जनाएको छ।

प्रकाशित: १५ फाल्गुन २०८० १९:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App