१२ श्रावण २०८१ शनिबार
image/svg+xml
अर्थ

इन्धनको आपूर्ति व्यवस्था प्रभावकारी बनाउँछु: कार्यकारी निर्देशक भट्ट

नेपाल आयल निगमका नवनियुक्त कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्टले बुधबार पदभार ग्रहण गर्दै काम सुरु गरेका छन्।

गत आइतबारको मन्त्रिपरिषद् बैठकद्वारा आगामी तीन वर्षका लागि निगमको कार्यकारी निर्देशक नियुक्त भएका भट्टले बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट नियुक्ति बुझेर आयल निगम पुगी पदभार ग्रहण गरेका हुन्।

भट्टलाई निमित्त कार्यकारी निर्देशक नागेन्द्र शाहसहित निगमका कर्मचारीले स्वागत गरेका थिए। पदभार ग्रहण गर्दै इन्धनको आपूर्ति व्यवस्था प्रभावकारी बनाउन काम गर्ने प्रतिबद्धता जनाए।

उनले निगमको छवि सुधार गर्न पनि आफूले पहल गर्ने बताए। भट्ट यसअघि पनि निगमको कार्यकारी निर्देशक भएर काम गरिसकेका छन्। भट्टले आयल निगममा स्वचालित मूल्य प्रणाली सुरु गरेका थिए।

प्रकाशित: ९ फाल्गुन २०८० २०:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App