२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

काठमाडौँ वाणिज्य सङ्घले गर्‍यो अरुण चौधरीको शीघ्र रिहाइको माग

नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौँले बिहीबार पक्राउ परेका उद्योग व्यवसायी अरुणकुमार चौधरीको शीघ्र रिहाइको माग गरेको छ।
 
सङ्घले शुक्रवार एक विज्ञप्ति जारी गर्दै उद्योग र व्यवसायमा लगानी गरेर, रोजगारी दिएर राजश्व बुझाई सबै सम्पत्ति देशमा राखेर बसेका वर्ग माथि प्रजातान्त्रिक जनसरकारको शासनकालमा निर्दयी प्रहार भएको उल्लेख गरेको छ। ‘साधारण जनतामाथिको व्यवहार कस्तोसम्म होला, गम्भीर चिन्तनको विषय हो’, विज्ञप्तिमा उल्लेख छ।
 
‘देशको प्रतिष्ठित उद्यमी व्यवसाय एवं सीजी होल्डिङ्सका अध्यक्ष एवं प्रबन्ध निर्देशक अरुणकुमार चौधरीलाई सरकारी जग्गा हडपेकोबारे अनुसन्धानका क्रममा बुझ्ने बहाना गरी पक्रेर कब्जामा राख्ने कदम सम्पूर्ण निजी क्षेत्रप्रतिको मानमर्दन गर्ने नियत वश चालिएको कदमको रूपमा महसुस भएको छ। सङ्घ यस घटनाको आपत्ति र विरोध गर्दछ’, विज्ञप्तिमा उल्लेख छ।  
 
सङ्घले कुनै पनि विषयमा सूक्ष्म अनुसन्धान कै क्रममा सप्रमाण दोषी ठहर नहुँदै थुन्ने अनि मात्र सुन्ने प्रक्रियाप्रति असहमति भएको पनि जनाएको छ। 
 
‘विगतमा पनि जग्गा कै नाममा उद्यमी व्यवसायीहरूलाई महिनौँ थुन्ने काम भएको थियो । जग्गाको विषयमा अनुसन्धानबाट गलत र दोषी देखिए विवादित जग्गा कहीँ नजाने र सो हकवालाले कब्जा गरी लिनदिन सकिने विषय हो। यसलाई निहुँ बनाएर व्यक्तिलाई हिरासतमा राख्नु सही कदम हुन सक्दैन’, सङ्घले भनेको छ। 

प्रकाशित: १९ माघ २०८० १४:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App