सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपालबीच सहमति भएको छ।
सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्किको उपास्थितिमा शनिबार भएको वार्तापछि दुर्गा प्रसाईँको समूहले राखेका २७ बुँदे मागमा सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र महाभियानका अध्यक्ष प्रसाईँले हस्ताक्षर गरेका छन्।
नागरिक बचाउ महाभियानले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने, बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋण मिनाहा गर्नुपर्ने, नेपाल नेपालीले नै बनाउने र नेपालको व्यापार पनि नेपालीले नै गर्न पाउनुपर्ने माग गर्दै आएको थियो।
प्रकाशित: ३ माघ २०८२ ११:५० शनिबार





