३१ चैत्र २०८१ आइतबार
image/svg+xml ७:९ पूर्वाह्न
अर्थ

सिटिजन्स बैंकका ग्राहकलाई छुट

सिटिजन्स बैंक, टंगालको अप्रिकस क्याफे र ठमेलको ठमेल मोमोतारू रेस्टुरेन्ट बीच विशेष छुट दिने सम्बन्धी सम्झौता भएको छ। यस सम्झौतापश्चात् बैंकका कार्डबाहकले अप्रिकस क्याफेमा ५ प्रतिशत र मोमोतारू रेस्टुरेन्टका ठमेल, सानेपा र लेकसाइड पोखरा आउटलेटमा १५ प्रतिशतसम्मको छुट पाउनेछन्।

उक्त सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने अपेक्षा गरिएको छ। साथै ग्राहकलाई नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्न पनि सहयोग पुग्ने विश्वास बैंकले राखेको छ।

प्रकाशित: ११ श्रावण २०८० ०१:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App