४ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

भक्तपुरमा टाटा मोटर्सको नयाँ सोरुम

टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले भक्तपुरमा नयाँ सोरुम सञ्चालन गरेको छ। ग्राहकको विशेष सेवाको लागि भक्तपुरमा नयाँ सोरुमको सुरु गरिएको कम्पनीले बताएको छ।

सिप्रदी ट्रेडिङका तर्फबाट कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबरा तथा टाटा मोटर्स लिमिटेडका तर्फबाट पेसेन्जर भेहिकल लिमिटेड एवं टाटा पेसेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका प्रबन्ध निर्देशक शैलेशचन्द्रले संयुक्त रूपमा नयाँ सोरुमको उद्घाटन गरेका छन्।

सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबराले नयाँ सोरुमले ग्राहकलाई गाडी खरिद गर्दा र खरिदपछि पनि विश्वसनीय अनूभूति प्रदान गर्ने बताएका छन्। साथै प्रबन्ध निर्देशक शैलेशचन्द्रले ग्राहकलाई विश्वसनीय एवं भरपर्दो सेवा प्रदान गर्न नयाँ सोरुमको भूमिका महत्वपूर्ण हुने र कम्पनीले ग्राहकलाई विश्वसनीय मात्र नभई उच्चस्तरीय सेवा प्रदान गर्ने कुरामा आफूहरू विश्वस्त भएको बताए। 

प्रकाशित: १ जेष्ठ २०८० ०२:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App