१३ पुस २०८२ आइतबार
image/svg+xml
अर्थ

कोशी प्रदेशमा किसानलाई दुधमा दिने अनुदान रकम वितरण सुरु

कोशी प्रदेश सरकारले दूध उत्पादन गर्ने किसानलाई प्रतिलिटर दुई रुपैयाँका दरले अनुदान दिने निर्णय कार्यान्वयन गर्न थालेको छ।

प्रदेश सरकारले ६ जिल्लाका दुग्ध उत्पादन गर्ने किसानलाई अनुदान दिने निर्णय गरेको छ। जसमा शुक्रबार नवयुग दुग्ध संकलन तथा वितरण केन्द्र इनरुवा वडा नं. ५ बलाहाबाट अनुदान वितरण थालिएको हो।

कोशी प्रदेश सरकारका उद्योग कृषि तथा सहकारी मन्त्री भक्तीप्रसाद सिटौलाले किसानलाई  अनुदान रकम प्रदान गरेका हुन्। इनरुवा वडा नं. ९ बबियाका किसान सोहेव खाँले १३ हजार आठ सय रुपैयाँ अनुदान पाए। यादवभन्दा कम दुध दिनेहरुलाई सोही अनुसार डेरीमा प्राप्त दुधको विवरण अनुसार अनुदान रकम प्रदान गरिएको नवयुग दुग्ध संकलन तथा वितरण केन्द्र इनरुवाका सञ्चालक गोविन्द पोखरेलले बताए।

नवयुग दुग्ध संकलन तथा वितरण केन्द्रमा दुध दिने २०० जना किसानलाई अनुदानका रकम हस्तान्तरण गरियो।  

ग्रामीण क्षेत्रमा भैसी तथा गाईपालन गरेर दूध उत्पादन गर्दै आएका किसानलाई प्रोत्साहन र उत्पादन वृद्धिका लागि प्रदेश सरकारले चालू आर्थिक वर्षमा १२ करोड ५० लाख रुपैयाँ रकम अनुदानका लागि विनियोजन गरेको छ। कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा र इलामका चिस्यान केन्द्र, डेरी तथा सहकारीका माध्यमबाट किसानलाई अनुदान दिने कार्यक्रम रहेको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय कोशीका प्रमुख सचिव मेघनाथ तिमिल्सिानाले बताए।

सुनसरीमा अनुदान वितरणका लागि १८ वटा डेरी र सहकारी छनोट भएका छन्। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका प्रमुख कुमार खत्रीले जिल्लाका १८ संस्थाले किसानलाई अनुदान रकम वितरणका लागि कार्यालयबाट अनुमती पाएको र जिल्लामा ३५ लाख लिटर दुधका लागि ७० लाख रुपैयाँ अनुदान आएकोले सोही रकम शुक्रबारबाट रकम वितरण थालिएको जानकारी दिइयो।  

प्रकाशित: २४ चैत्र २०७९ १३:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App