१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

अल्का अस्पतालको निःशुल्क स्वास्थ्य शिविर

अल्का अस्पतालले स्वास्थ्य शिविर सम्पन्न गरेको छ। जावलाखेलमा रहेको अल्का अस्पतालले १८ गतेदेखि २२ गतेसम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो। शिविरमा १ हजारभन्दा बढीले स्वास्थ्य जाँच गरेका थिए।

अस्पताल परिसरमा भएको निःशुल्क स्वास्थ्य शिविरमा आइभिएफ, मधुमेह तथा न्युरो साइकियाट्रिक विशेषज्ञबाट स्वास्थ्य जाँच भएको प्रशासन प्रमुख भगवान् केसीले बताए।

शिविरमा स्वास्थ्य जाँच गरिएकाहरूलाई चिकित्सकको सिफारिस अनुसार निःशुल्क ल्याव जाँच र औषधि वितरण गरिएको थियो। शिविरमा सहभागी इच्छुकलाई आइभिएफमा १ लाख छुटको व्यवस्था मिलाइएको थियो। त्यस्तै एमआरआई र सिटी स्क्यान पनि निःशुल्क भएको अस्पताल प्रशासनले जनाएको छ। शिविरमा सहभागीहरूले एक महिनासम्म फलो अप गर्दा पनि कुनै शुल्क लाग्ने छैन।

प्रकाशित: २४ पुस २०७९ ०२:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App