२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

चम्पावती जलविद्युत्को विवाद सुल्झाउन आग्रह

गोरखा र लमजुङको सिमानामा पर्ने चेपे नदीमा बन्न लागेको ७ मेघावाटको ‘चेपे ए’ जलविद्युत् आयोजना निर्माण कम्पनीले तत्काल उपभोक्तासँग वार्ता गरेर निकास दिनुपर्नेमा स्थानीय राजनीतिक दलहरूले जोड दिएका छन्।

राईनास नगरस्तरीय विभिन्न पार्टीका नेताहरूले यथासक्य छिटो जल उपभोक्ता समितिसँग वार्ता गरी उचित निकास दिन एक विज्ञप्ति मार्फत सुझाव दिएका छन्। जलविद्युत् आयोजना निर्माण गरिरहेको चम्पावती हाईड्रोपावर कम्पनीका कारण राईनासटार सिँचाइ आयोजनाको आठ सय ५० हेक्टर जमिन सुक्खा हुने भन्दै स्थानीयले विरोध जनाउँदै आएका छन्।

पटकपटक वार्ता, छलफल हुँदा सहमति अनुसार कम्पनीले काम नगरेको भन्दै गत शनिवार स्थानीयले कार्यालय, सवारी सधानमा आगजनी र तोडफोड गरेका थिए। हाईड्रोपावरले राईनासटार सिँचाइ आयोजनाको मुहानभन्दा दुई सय मिटरमाथि पानी निकास गराउने सहमति भएको थियो। उक्त सहमति विपरीत आयोजनाले काम अघि बढाएपछि आयोजना र स्थानीयबीच शान्तिपूर्ण वार्ताको तयारी भएको स्थानीय बताउँछन्।

आयोजनाका सञ्चालकहरूले काम रोकेर वार्ता गर्न समेत अटेर गर्दै तोडफोड र आगजनी गरेको घटनालाई तोडमोड गरेर उपभोक्तालाई दोष लगाएको दलहरूद्वारा जारी विज्ञप्तिमा भनिएको छ। कम्पनीले उक्त घटनापछि ८ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय गोरखामा किटानी जाहेरी दिएको छ। आयोजनाबाट प्रभावित क्षेत्र लमजुङको राईनासटार भए पनि तोडफोड र आगजनी भएको कार्यालय गोरखाको सिरानचोक गाउँपालिकामा पर्छ। कम्पनीले स्थानीयलाई मुद्दा लगाउने दुष्प्रयास गरेको भन्दै दलहरूले विज्ञप्ति मार्फत भत्र्सना गरेका छन्।

बुधबार जारी प्रेस विज्ञप्तिमा नेपाली कांग्रेस राईनास नगर समितिका सभापति श्रीकृष्ण पौडेल, नेकपा एमालेका नगर कमिटी सचिव बलराम घिमिरे, माओवादी केन्द्रका नगर इन्चार्ज चन्द्रकान्त न्यौपाने, एकीकृत समाजवादीका नगर सचिव गजेन्द्रराज घिमिरे, राप्रपका नगर सभापति नरबहादुर पाण्डेले विज्ञप्तिमा हस्ताक्षर गरेका छन्।  

प्रकाशित: ३ पुस २०७९ ०२:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App