८८ प्रतिशत बढीले लिए कोरोना विरुद्धको पूर्ण खोप
समितिका अनुसार विदेशमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले समेत तेस्रो खोप प्राप्त गरि सकेका छन्। हाल विश्वको कूल जनसंख्याको ५१ प्रतिशतले पूर्ण रुपमा खोप लगाएको तथ्यांक छ।
समितिका अनुसार विदेशमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले समेत तेस्रो खोप प्राप्त गरि सकेका छन्। हाल विश्वको कूल जनसंख्याको ५१ प्रतिशतले पूर्ण रुपमा खोप लगाएको तथ्यांक छ।
इपिएसमार्फत दक्षिण कोरिया आई काम गरिरहेका प्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप भएको छ।
बीबीसी वानमा सोमबार साँझ प्रसारित फाइनलमा सेफ सन्तोष साहले अन्य तीन प्रतिस्पर्धीलाई उछिनेर बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ उपाधि जितेका हुन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रमुख निर्वाचन आयुक्तमा कानूनविद् भिमसेन बन्जरा नियुक्त भएका छन्।
न्यायधीशद्धय श्रीमणकुमार गौतम र नरिश्वर भण्डारीको आइतबार बसेको संयुक्त इजलासले यसअघि न्यायधीश नृपध्वज निरौलाले गत आइतबार जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने निर्णय गरेको हो।
गैरआवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद् (एनसिसी)का अध्यक्षहरूको दोस्रो विश्व भेलाले संस्थामा देखिएको विवाद दुवै पक्ष बसेर समाधान गरी संरक्षक परिषद्ले निर्वाचन गर्नुपर्ने निष्कर्ष निकालेको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि डिसेम्बर २६ र २७ तारिखमा निर्वाचन हुने भएको छ।
एनआरएनएले परराष्ट्र मन्त्रालयविरुद्ध उच्च अदालत पाटनमा परराष्ट्रले अन्यायपूर्ण पत्र जारी गरेको भन्दै बिहीबार मुद्दा दायर गरेको थियो।
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले नेपाल सरकारले गैरआवासीय नेपाली संघमाथि अन्याय गरेको उल्लेख गरेका छन्।
एनआरएनएले परराष्ट्र मन्त्रालयको अनुरोध अस्विकार गर्ने भएको छ। गैरआवासीय नेपाली संघ(एनआरएनए)को आसन्न १०औ अन्तर्राष्ट्रिय महाधिवेशन सन्दर्भमा संघले एक प्रेस विज्ञप्ति जारी गरी परराष्ट्र मन्त्रालयको अनुरोध अस्विकार गर्ने भएको हो।
विकसित तथा जी २० समूह राष्ट्रहरू सकेसम्म आफूलाई थप आर्थिक बोझ नपरोस् भन्नेमा छन् भने अन्य विकासशील तथा अल्पविकसित राष्ट्रले जलवायु वित्त प्रवाहमा थप लगानी हुुनुपर्ने र विशेषगरी जलवायुजन्य विपद्बाट पर्ने हानिनोक्सानीलाई सम्बोधन गर्न छुट्टै कोषको स्थापना गर्नुपर्ने माग राखेका छन्।
ग्लास्गोमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको अवसरमा नेपालले यससम्बन्धी आसयपत्रमा हस्ताक्षर गरेको हो। अमेरिकी सहयोग नियोग युएसएड र अर्थ मन्त्रालयका प्रतिनिधिले उक्त आसयपत्रमा हस्ताक्षर गरेका थिए।
जारी सम्मेलनमा रुस र चीनका राष्ट्रप्रमुखको अनुपस्थितिलाई संकेत गर्दै पूर्व अमेरिकी राष्ट्रपति ओबामाले भने, ‘जलवायु परिवर्तनको साझा मुद्दामा कसैले पनि छेउमा बसेर हेर्न मिल्दैन।’
ग्लास्गोमा जारी विश्व जलवायु सम्मेलन सफलताका अन्य मानक पनि होलान् तर स्टकल्यान्डमा गत डेढ दशकदेखि बस्दै आएका भण्डारी यो प्रसंगको महत्वपूर्ण पात्र बनेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मेलनलाई सोमबार अबेर सम्बोधन गरेका छन्। सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री देउवाले आगामी दिनमा पर्वतीय क्षेत्रसँग जोडिएका मुद्दालाई बढी प्राथमिकता दिनुपर्ने बताए।
सम्मेलनको साइडलाइनमा देउवाले विभिन्न मुलुकका सरकार प्रमुखहरुसँग भेट्ने कार्यक्रम छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समितिको भेलामा सहभागी अध्यक्षहरुले विदेशमा कार्यरत पत्रकारमाथि अपमानित शब्द प्रयोग गर्दै ठेगान लगाईदिने भन्दै धम्की दिएका छन्।
मन्त्रालयको पत्रपछि यही अक्टोवर २३ देखि २५ तारिखका लागि तय गरिएको १० औं महाधिवेशन तथा विश्वसम्मेलन स्थगित भएको थियो।
बेलायतको पिटरवरोमा रहेका नेपालीहरुले दसैं भव्य रुपमा मनाएका छन्। पिटरवरोस्थित नेपाली हलमा सोमबार आयोजित कार्यक्रममा विविध सांस्कृति कार्यक्रमसहित दसैं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
संघका अध्यक्ष कुमार पन्तले गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषदको आयोजनमा मंगलवार आयोजना गरेको शुभकामना आदानप्रदान गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्रालयसंग छलफल गरेर डेढ महिनाभित्र निर्वाचन गर्ने तयारी गरिएको बताए। उनले मन्त्रालयले आफ्नो कार्यक्षेत्र नाघेर पत्राचार गरेको बताए।
उजुरीकताको आग्रहमा नेपाली कांग्रेसकी नेतृ आरजु देउवाको प्रत्यक्ष संलग्नतामा परराष्ट्र मन्त्रालयले संघको निर्वाचन रोक्न पत्राचार गरेको थियो।
सरकारले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका राजनीतिक नियुक्ति अन्तर्गतका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको पछि रेग्मी अक्टोवर २४ तारिख नेपाल फर्किन लागेका हुन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई परराष्ट्र मन्त्रालयले हिजो शुक्रबार अर्को एउटा पत्र पठाएको छ। मन्त्रालयले पठाएको पछिल्लो पत्रले एनआरएनएको १० औं महाधिवेशन थप अन्योलमा परेको छ।
एनआरएनएको विधानमा राजनीतिक आस्थाका आधारमा प्यानल बनाएर चुनाव लड्न नपाउने व्यवस्था भए पनि राजनीतिक विचारधाराका आधारमा प्यानल बन्ने देखिएको छ।