१५ वैशाख २०८१ शनिबार
image/svg+xml
प्रवास

एनआरएनए निर्वाचन गर्न ७ बुँदे सहमति

लामो समयदेखि विवादमा अल्झिएको गैरआवासीय नेपाली संघको निर्वाचन गर्न बाटो खुलेको छ। १० औं महाधिवेशनको लागि प्रतिनिधि विवादमा भएको लामो किचलो साम्य पार्न संघभित्र सहमति जुटेपछि निर्वाचन हुने निश्चित भएको हो।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तद्धारा गठित विवाद समाधान उपसमितिले ७ बुँदे सहमति गर्दै विवादलाई टुंग्गोमा पुर्याउको हो। सहमति पत्रका अध्यक्षका प्रत्यासी डा बद्री केसी, रविना थापा र अर्का प्रत्यासी कुल आचार्यको तर्फबाट समितिका सदस्य डा यादव पण्डितले हस्ताक्षर गरेका छन्।

नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ र एनआरएनए बेल्जियमका पूर्वसभापति गंगाधर गौतमले सहजकर्ताको रुपमा रहेर सो सहमति पत्रमा हस्ताक्षर गरेका छन्।

प्राविधिक रुपमा संघका राष्ट्रिय समितिमा रहेरका पूर्वपदाधिकारीहरु, पूर्वअध्यक्षहरु, आइसीसी सदस्यहरुको नाम महाधिवेशन प्रतिनिधिमा छुटेको भए संघको विधि र विधानमा रहेर महाधिवेशन प्रतिनिधिको रुपमा समावेश गर्ने, महाधिवेशन प्रतिनिधिहरुको नाम सहमति भएर आएका देशको नामावली संघभित्र मतदाता नामावलीमा समावेश गर्ने, अगष्ट १५ पछि कसैको नाम महाधिवेशन प्रतिनिधि समावेश भएको भए रद्ध गर्ने, संघको निर्वाचन सम्पन्न गर्न अनुगमन तथा सुपरिवेक्षण गर्न ५ सदस्यीय निर्वाचन अनुगमन समिति गठन गर्ने लगायतका विषयमा संघभित्र सहमति जुटेको हो।

सहमति पत्रमा विवाद मिलाउन गठित उपसमितिका ५ सदस्य मध्ये ४ जनाले हस्ताक्षर गरेका छन्। हस्ताक्षर गर्नेमा गौरीराज जोशी, डा यादव पण्डित, डिबी क्षेत्री र नारायण थापा रहेका छन्। सहमति अनुरुप संघको निर्वाचन फेबुअरी ८ र ९ तारिख गर्ने कार्यतालिका तय भएको छ।

संघको गत अक्टोबरमा हुने भनिएको निर्वाचन मन्त्रालयको हस्तक्षेपपछि रोकिएको थियो। पाटन उच्च अदालतले मन्त्रालयको पत्र खारेज गरिदिएपछि संघको निर्वाचन प्रकृयाअघि बढेको हो। संघको नयाँ नेतृत्वको लागि संघका उपाध्यक्षद्वय डा बद्री केसी, रविना थापा र सल्लाहकार कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन्।

संघको केन्द्रीय सदस्यहरुको निर्वाचन राष्ट्रिय समिति मार्फत यसअघिनै सम्पन्न भए पनि क्षेत्रीय पदाधिकारी सहित ५१ पदको लागि निर्वाचन हुन बाँकी रहेको छ।

प्रकाशित: २६ पुस २०७८ ०८:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App