२० मंसिर २०७८ सोमबार

एनआरएनएको नयाँ नेतृत्वका लागि डिसेम्बर २६ र २७ मा निर्वाचन हुने

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि डिसेम्बर २६ र २७ तारिखमा निर्वाचन हुने भएको छ।

सरकारले गैरआवासीय नेपाली संघमाथि अन्याय गर्‍योः अध्यक्ष पन्त

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले नेपाल सरकारले गैरआवासीय नेपाली संघमाथि अन्याय गरेको उल्लेख गरेका छन्।

एनआरएनए राष्ट्रिय भेलामा पत्रकारमाथि धम्की

गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समितिको भेलामा सहभागी अध्यक्षहरुले विदेशमा कार्यरत पत्रकारमाथि अपमानित शब्द प्रयोग गर्दै ठेगान लगाईदिने भन्दै धम्की दिएका छन्।

परराष्ट्र मन्त्रालयको अर्को पत्रले एनआरएनए निर्वाचन अनिश्चित

गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई परराष्ट्र मन्त्रालयले हिजो शुक्रबार अर्को एउटा पत्र पठाएको छ। मन्त्रालयले पठाएको पछिल्लो पत्रले एनआरएनएको १० औं महाधिवेशन थप अन्योलमा परेको छ।

एनआरएनए अध्यक्षमा तीनजनाको उम्मेदवारी

एनआरएनएको विधानमा राजनीतिक आस्थाका आधारमा प्यानल बनाएर चुनाव लड्न नपाउने व्यवस्था भए पनि राजनीतिक विचारधाराका आधारमा प्यानल बन्ने देखिएको छ।

एनआरएनएको वर्तमान नेतृत्वमाथि सुनियोजित षड्यन्त्र गरियोः महासचिव डा. शर्मा

मध्यपूर्वका एनआरएनए प्रतिनिधिहरुलाई भर्चुअल रुपमा सम्बोधन गर्दै डा. शर्माले कोरोनाकालमा संस्थाको परीक्षा भएको र त्यसमा वर्तमान नेतृत्व उच्च अंकसहित पास भएको बताए। आफूहरु संघप्रति सधै इमान्दार रहेको जनाउँदै डा. शर्माले कुनै आर्थिक वा अन्य गलत गतिविधिमा संलग्न भएको भए प्रमाणित गर्न चुनौति दिए। 'हामी यहीँ छौ। एनआरएनए छाडेपनि हामी हाम्रो ठेगाना दिन तयार छौं,' उनले चुनौति दिँदै भने, 'संयुक्त राष्ट्रसंघ वा कहाँ गएर छानबिन गराउने हो गराए हुन्छ।'

महामारीमा गाँस काटेर देशलाई अक्सिजन दिने मुटु हो एनआरएनए मध्यपूर्व: उपाध्यक्ष डा. केसी

एनआरएनए कतार रुसपछिकै दोस्रो रहेको र मध्यपूर्व तथा मलेसियाका एनआरएनएकर्मीले नेपालको आर्थिक विकासमा महत्वपूर्ण भूमिका रहेको डा. केसीले बताए। 'कोरोना महामारीमा गाँस काटेर देशलाई अक्सिजन दिने मुटु हो एनआरएनए मध्यपूर्व,' एनआरएनए मध्यपूर्वका प्रतिनिधिहरुलाई भर्चुअल रुपमा सम्बोधन गर्दै डा. केसीले भने, 'त्यसकारण देशभित्रकाले मात्र होइन, संसारकै नेपालीले उनीहरुलाई बिर्सन हुँदैन।'

एनआरएनए अध्यक्षमा आचार्यको उम्मेदवारी

अध्यक्ष पदका उम्मेदवार आचार्यले आफ्नो दुई वर्षे कार्यकालमा संसारभर एनआरएनएको पञ्जीकृत सदस्य संख्या पाँच लाख पुर्‍याउने र राष्ट्रिय समन्वय परिषद्हरूको संख्या कम्तीमा एक सय पुयार्‍उने घोषणा गरेका छन्।

लन्डनमा हुने तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलनको तयारी पूरा

गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसीको स्वास्थ्य समितिले लन्डनमा शुक्रबारदेखि गर्न लागेको तीन दिने तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलनको तयारी पूरा भएको छ।

एनआरएनए अध्यक्षमा आचार्यको उम्मेद्वारी

गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षका लागि कुल आचार्यले उम्मेद्वारी दिने भएका छन्।

एनआरएनएको ६१ देशमा नयाँ नेतृत्व

आगामी अक्टोबर २३ देखी २५ सम्म हुने १० औं अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरुको निर्वाचनको लागि राष्ट्रिय समितिले प्रतिनिधी छनोटको प्रकृया अघि बढाएका छन्। अगष्ट १५ सम्म प्रतिनिधी केन्द्रमा पठाई सक्नु पर्ने वैधानिक प्रावधान छ।

गैरआवासीय नेपाली संघ र सगुनबीच समझदारीपत्रमा हस्ताक्षर

गैरआवासीय नेपाली संघ तथा संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको सामाजिक संजालमा आधारित इकमर्स कम्पनी, सगुनबीच आपसी सहकार्य गर्ने बारे एक समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको छ।

खोप ल्याउन जटिलता छः स्वास्थ्य मन्त्री तामाङ

गैरआवासीय नेपाली संघले आयोजना गरेको एक भर्चुअल अन्तरक्रियामा सम्बोधन गर्दै मन्त्री तामाङले नेपाल सरकारको पहिलो प्राथमिकता खोप ल्याउनु नै भएको र त्यसका लागि विभिन्न मुलुकहरुसँग समन्वय भइरहेको भएपनि खोपको उपलब्धता लगायत अन्य विविध कारण खोप ल्याउन केही समय लाग्ने बताएका हुन्। यद्यपी बेलायत अमेरिका लगायतका मुलुकले कोभ्याक्स अन्तर्गत उपलब्ध गराउने भनेर व्यक्त प्रतिबद्धताले केही राहत मिल्ने उनले बताए।

४२८ अक्सिजन कन्सन्ट्रेटर काठमाडौं आइपुग्याे

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सुरु गरेको 'नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ' अभियानअन्तर्गत विश्वभरका संघसंस्था र नेपाली समुदायका सहयोगमा थप ४२८ अक्सिजन कन्सन्ट्रेटर शनिबार साँझ काठमाडौंमा आइपुगेको छ।

कोभिड–१९ बाट विदेशमा थप ४ जनाको निधन

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विदेशमा थप ४ जनाको निधन भएको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार यो साता कतारमा ३ जना र रुसमा १ जना गैरआवासीय नेपालीको कोरोना संक्रमणका कारण निधन भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्