एनआरएनए केन्द्रीय कार्यालय निर्माण तीब्र, १० करोड अपुग

विश्वभरि छरिएर रहेका नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय कार्यालय निर्माणको काम तीब्र रुपमा भइरहेको छ। बालुवाटार, काठमाडौंमा निर्माणाधीन सो भवन आगामी सात महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित यतिबेला दैनिक ५० मजदुर काम गरिरहेका छन्।